१३ बैशाख २०८१, बिहीबार
कोहलपुरका कृषकहरुलाई सामग्री वितरण
  • काँचुली खबर

पशु सेवा केन्द्र (क) कोहलपुरले यहाँस्थित कृषकहरुलाई सम्मान गरेको छ । सेवा केन्द्रले बिभिन्न कार्यक्रम अन्तर्गतका मासु पसल तथा फर्म संचालकहरुलाई नगद उपहार सहित सम्मानित गरेको हो ।
केन्द्रले सिदेश्वर भैंसी फार्म, ओमिना जनरल, सफल कृषक डेरि उधोग, ए वान डेरी उधोग, कल्याणी पशुपालन, विकास पशुपालन र शारदा सप्लार्यस लाई १ लाखको दरले सम्मान तथा उपहार प्रदान गरेको पशु सेवा केन्द्र कोहलपुरका प्रमुख डा. भिषण गजमेरले बताए ।
डा. गजमेरका अनुसार वनकटवा दुग्ध सहकारीलाई २ लाख वरावरको टायल्स, मार्वल, सिमेन्ट र कृतिका गाईपालनलाई २ लाख बराबरको डवल मेशिन, सिंगल कन्टेनर, मिल्किड मेशिन समेत वितरण गरिएको छ । त्यसैगरी श्री कृष्ण डेरी उधोगलाई रु. २ लाख बराबरको उपहार सामाग्रीले सम्मान गरेको छ ।
मासु पसल सुधार कार्यक्रम अन्तरगत कसमस फ्रेस हाउस र आस्था फ्रेस हाउसले ७५|७५ हजार वरावरको टायल्स, मार्वल्स र सिमेन्ट सहयोग अनुदान प्राप्त गरेको छन् । यसै शिर्षकमा कौशिलानगर फ्रेस हाउस, मनकामना स्टोर्स एण्ड फ्रेस हाउसले ५०|५० हजार वरावरको डिफ्रिज प्राप्त गरेको पशु सेवा केन्द्र (क) कोहलपुरका गोविन्द रोकायले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लुट वहादुर रावतले दूध, दुग्ध जन्य पदार्थ मासु उत्पादन तथा विक्री वितरण मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सफा, स्वच्छ र स्वस्थ उत्पादनमा जोड दिन आह्वान गरे । मानविय स्वास्थ्य दिन प्रतिदिन कमजोर हुँदै गएको र अस्वस्थ खानपिनकै कारण ठुला–ठुला रोगको सिकार हुनुपरेको भन्दै उद्यमी, व्यवसायीलाई सचेत रहन नगर प्रमुख रावतले आग्रह गरे ।
डेरी, मासु र दुग्ध उत्पादनसँग सम्बन्धित राम्रो काम गर्दै आएका व्यावसायीलाई सम्मान गरिएको बताउँदै रावतले गलत कृषी पेशाभित्र आवद्ध रहेर गलत काम गर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिए ।

  • २९ असार २०७५, शुक्रबार २३:१६ प्रकाशित
  • Nabintech