१३ बैशाख २०८१, बिहीबार
अथकका स्वर्णीम पाँच वर्ष : बघौडाकाे बिकासदेखि आधुनिक कोहलपुरको परिकल्पनासम्म
  • काँचुली खबर

कार्तिक ८, काेहलपुर । बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नरैनापुर गाउँपालिका, राप्तिसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका पर्दछन । यस निर्वाचन क्षेत्रमा बिगत देखि हालसम्म विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले प्रतिनिधी सभामा प्रतिनिधित्व गर्दै आएका छन । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा हाल करिब १ लाख २१ हजार मतदाता छन् । हालसम्म बाँके १ बाट २०४८ मा नेपाली काँग्रेसबाट सैयद मैराज अहमद शाह, २०५१२०५४ सालमा २ पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी र २०५६ सालमा नेपाली काँग्रेसबाट ज्ञानु केसी निर्वाचन भएका छन् । यस्तै २०६४ नेकपा (माओवादी)बाट तिलक परियार, २०७० नेकपा एमालेबाट देवराज भार निर्वाचित भइसकेका छन् ।  तर पनि खास गरि हालको नरैनापुर र राप्ती सोनारी भने सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिदैँ आएको थियो । २०७४ भन्दाअघिसम्म सो क्षेत्रमा सडक, बिद्धुतिकरण, गुणस्तरीय खानेपानी, टेलिफोन जस्ता आधारभूत सेवाबाट ती क्षेत्रका नागरिक बञ्चित थिए । बर्षेनी राप्ती नदिको डुवान र कटान समस्या विकराल थियो ।

तमाम समस्याका बीचमा जनताको विकासको आम चासो रहेको बेला २०७४ नेकपा माओवादी केन्द्रबाट महेश्वर गहतराज (अथक) निर्वाचित भए । यस क्षेत्रको सांसद हुँदै बहालवाला मन्त्रीसमेत रहेका अथक निर्वाचित भएपछि यो क्षेत्रको विकासले कोल्टे फेरेको छ ।

उनी निर्वाचित हुनुभन्दा पहिला नेपालगन्जदेखि ४५ किलो मिटरको यात्रा ५/६ घन्टा लगाएर गनुपर्ने अवस्था थियो । अहिले उक्त क्षेत्रमा कालोपत्रे भएसँगै ४५ मिनेटमै पुग्न सकिन्छ ।२०५४ सालमा पोल गाडेर पनि विद्धुतिकरणकाे काम अलपत्र परेकाे थिए । अहिले त्यहाँका गाउँगाउँमा विद्युत पुर्याइएको छ । वन क्षेत्र र ठेकेदार कम्पनीको लापरवाहीले रोकिएको काम संघीय साँसद अथक र नमुनाको पहलमा अवरोध हटाई अहिले राप्तीसोनारी र नरैनापुरका सम्पुर्ण टोलमा बिजुली पुगेको छ । संघीय साँसद अथकको ५ बर्षे कार्यकाल उपलब्धिपुर्ण रह्यो । विकास र समृद्धिको यात्रा अघि अगाडी बढेपछि त्यस क्षेत्रका जनता निकै खुसी भएको नरैनापुर ६ का मोलेह यादव बताउँछन ।

विद्यालयकाे भाैतिक तथा शैक्षिक गुणस्तरमा सुधार
अथकको पहलमा सो क्षेत्रका बिद्यालयहरुमा भौतिक पुर्वाधार निर्माण गर्न करोडौ लगानी गरिएको छ । गुणस्तरीय आधारभुत शिक्षाबाट समेत बञ्चित भएको नरैनापुरको जय किसान माविमा अथककै पहलमा प्राविधिक धारको शिक्षा सुरुवात भएको छ । हरेक पालिका एक प्राविधिक धार अन्र्तगत राप्ती सोनारीकाे लक्ष्मी मावि मधुई, कोहलपुर २ को लक्ष्मी मावि र जनज्ञान ज्योती मावि कोहलपुर १२ मा हाल प्राविधिक धारतर्फको कृषि पढाइ सुरु भएको छ ।

सडक सञ्जालकाे विकास
उत्तर, दक्षिण जोड्ने लगायत थुप्रै सडक सञ्जाल निर्माण गरिएको छ । राप्ती कटान र डुवान नियन्त्रण र डुवान पीडितहरुको स्थानान्तरण गर्न अथकले खेलेको भूमिका उल्लेखनीय छ । पक्की तटबन्धन निर्माणको काम सुरु भएसँगै धनजनको क्षति हुनबाट जोगिएको छ । राप्ती सोनारी ७ का कामता प्रसाद बर्माले आफूले जिताएको जनतिनिधिको सक्रियतामा वर्षौदेखिको समस्या समाधान हुँदा निकै खुसी भएको बताए ।

५ बर्षअघि काठका डुंगा चढेर चुनाव प्रचारमा भम्का पुगेका अथकले आफ्नो कार्यकाल भित्र झोलुङे पुल र सडक संजाल विस्तारकाे कामलाई व्यापक बनाए । प्राथमिक तहभन्दा माथिको अध्ययनकालागि कुसुम आउन भम्काका स्थानियहरूलाई डुङ्गाकाे साहारा लिनुपर्ने बाध्यता थियाे । त्यसैलाई मध्यनजर गर्दै युवा तथा खेलकुद मन्त्रीको पहलमा राप्ती नदिको भम्का र अमुवाका २ स्थानमा झोलुङे पुल र १ स्थानमा मोटरेवल पुल निर्माण भएका छन ।
त्यस्तै राप्ती सोनारीका वडा ४,५,६ र ७ का लागि बैकल्पिक मार्ग र महेन्द्र राजमार्गसँग सिधा जोड्नका लागि राप्ती नदिको मधुवामा पुल निर्माण गरिएको छ । यस बाहेक अथकको ५ बर्षे कार्यकालमा उत्तर दक्षिण थुप्रै बाटाहरु निर्माणको चरणमा छन् । अथकको पाँच वर्षे कार्यकालमा सबैभन्दा बढी विकास भएको सडक पूर्वाधार नै हो । सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बघौैडालाई हुलाकी राजमार्ग मार्फत सडक संजालसँग जोड्ने श्रेय सांसद अथकलाई जाने राप्ती सोनारी २ शिव राम खड्काले बताए ।

आफ्नो कार्यकालको अधिकांश समय शिक्षामा खर्च गरेका अथकले पाँच वर्षको अवधिमा आफ्नो निर्वाचन क्षेत्रका बिद्यालयहरुको भौतिक संरचना सुधारका लागि आफ्नो कोष (स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम) समेत गरि थुप्रै विद्यालयलाई भौतिक तथा प्राविधिक रुपमा सक्षम बनाउन सफल भएका छन । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सांसद अथकको पहलमा बाँके निर्वाचन क्षेत्र नं. १ का विभिन्न विद्यालयमा १७० वटा पक्की कक्षा कोठा निर्माण भएका छन । बाँके क्षेत्र नं १ मा टिनको छानो विस्थापन गर्ने उनको सपनाले सार्थकता पाउँदै छ । अथकको पहलमा आफ्नो निर्वाचन क्षेत्र भर ८ वटा विधालयमा कम्युटर ल्याब स्थापना गरिएको छ ।

कोहलपुर ११ को योग तथा प्रकृतिक चिकित्सालय निर्माणमा पनि अथकको ठुलो योगदान छ । सो अस्पताल कोरोना कालमा कोहलपुर क्षेत्रका लागि वरदान सावित भएको थियो । कोरोना कालमा अक्सिजनका सिलिन्डर खरिदका लागि अथकले आफ्नो पुर्वाधर क्षेत्र विकास कोषको ५० लाख बजेट विनियोजन गरेका थिए ।

नागरिकको गाँस, बास र कपासको आधारभुत आवश्यकतालाई समेत पुरा गर्ने उद्देश्यले संचालिन सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. १ को कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा आ.व. २०७४/०७५ देखि ०७९/०८० सम्म आउँदा २ हजार ९८१ वटा घर परेकोमा १ हजार ३८१ जनाले प्राप्त गरि सकेका छन् । थप १६०० जनाले चालू आर्थिक वर्षभित्र प्राप्त गर्ने प्रक्रिया पुरा भइसकेको छ ।

अथकको ५ बर्षे कार्यकालमा स्वच्छ खानेपानीका लागि उल्लेख्य कामहरु भएका छन । जनतालाई सर्वसुलभ स्वच्छ खानेपानी पुर्याउनुपर्छ पर्छ भन्ने हेतुले आफ्नो कार्यकालमा ३ दजर्न बढी खानेपानी आयोजनाको सुरुवात गरिएको छ । कतिपय निर्माण सम्पन्न भई सकेका छन् भने कतिपय निर्माणकै क्रममा रहेका छन ।

खानेपानी ट्याकी

खानेपनी आयोजनाको अथकको ५ बर्षे कार्यकालले विकास र सम्भावनाको जग बसाल्ने काम गरेको राप्ती सोनारी ५ का राम सेवक चौधरीको भनाई छ । आफ्नो ५ बर्षे कार्यकालमा युवा तथा खेलकुद मन्त्रलायको खेल क्षेत्रको महत्वपुर्ण जिम्मेवारी समाल्ने अवसर पाएका यस क्षेत्रका जनप्रतिनिधी अथकले खेल क्षेत्रमा महत्वपुर्ण नीतिगत तथा भौतिक पुर्वाधारको सुधार गरेका छन । कोरोनामा थलिएको खेल क्षेत्रलाई माथि उठाउन नवाैं राष्ट्रिय खेलकुद ऐतिहासिक रुपमा सफल आयोजना गर्न सफल भएका छन । कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमी सञ्चालनकालागि काम अगाडी बढेको छ । कोहलपुरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । एक पालिका एक खेलग्रामकालागि निर्वाचन क्षेत्रका ३ वटै पालिकामा काम अघि बढिरहेको छ । नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणकालागि ठेक्का टेण्डरको प्रक्रिया अघि बढिरहेको छ ।कोहलपुरमा फुटवल एकेडेमी निर्माणको प्रक्रिया अगाडी बढेको र युवाहरुलाई स्वरोजगार बनाउन युवाहरुलाई स्वरोजगार बनाउन जिल्लामा अघिकतम् बजेट विनियोजन भएको छ ।

कोहलपुर ९ मा पालिकास्तरीय रंगशाला निर्माणको काम अघि बढेको छ । कोहलपुर २ मा कवर्ड हल निर्माणको प्रक्रिया अगाडी बढेको छ । देशभरका १७१ वटा पालिकामा खेलग्राम निर्माणका लागि रकम विनियोजन भएको छ ।

कोहलपुरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान र महिला क्रिकेट एकेडमीको सिलन्यास

खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि २०७८ संशोधन गरी ओलल्पिक, एसियाली खेलकुद, सार्क र राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई पुरस्कार तथा सम्मानको नीतिगत ब्यवस्था गरी हालसम्म खेलाडी प्रोत्सहनका लागि दक्षिण एशियाली खेलकुदमा स्वर्ण तथा एशियाली खेलकुदमा पदक प्राप्त गर्ने १९३ जना खेलाडीलाई मासिक रु. ६ हजार, ओलम्पिकमा सहभागी ५६ जनालाई मासिक रु. ४ हजार र प्रथम ओलम्पियन ३ जनालाई मासिक १० हजारका दरले मासिक सम्मान भत्ता उपलब्ध गराईएको छ । यस्तै विभिन्न प्रतियोगीतामा विजयी खेलाडीलाई नगद पुरस्कारको नीतिगत व्यवस्था भएको युवा तथा खेलकुद मन्त्री समेत रहेका अथक बताउँछन ।

कोहलपुर २ मा दलित साँस्कृतिक संग्राहलय भवन लगायत थुप्रै मठ मन्दिर चर्च गुम्बा र मज्जिदको निर्माण र रंगरोगन, बाढी पीडितका लागि सेल्टर भवन निर्माण लगायतका उदाहरणीय र नमुना कामहरुको सुरुवात भएको छ । संघ तथा प्रदेश सभा निर्वाचनमा बाँके १ बाट पुनः प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अथकले कोहलपुरलाई समुन्नत र आधुनिक सहर बनाउने योजना अघि सारेका छन । राप्ती सोनारी र नरैनापुरलाई विकासको मुलधारमा ल्याएका अथकले कृषि पर्यटन र रोजगारीको सृजना गरि समृद्ध बाँके निर्माण गर्न, भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कामलाई प्रथमिकतामा राखेका छन ।

आगामी कार्यकाल रोजगारीको खोजीमा रहेका हजारौं युवा जनशक्ति, पढेरपनि काम गर्ने अवसर नपाएका युवालाई अवसर प्रदान गर्ने उनको भनाइ छ । गुणस्तरीय शिक्षाको खोजीमा रहेका युवायुवती सम्बोधन गर्ने गरि आफू अगाडी बढ्ने अथक बताउँछन । संसददेखि सिंहदरबारसम्म परिपक्व र सालिन नेतृत्व छवि बनाएका अथकले नागरीकका मैलिक अधिकार जसरी पनि कार्यन्वयन गरेर अगाडी बढने बताउँछन ।

आगामी ५ बर्ष गठबन्धनको सरकार निर्माण हुने भन्दै उनले बिगतको अनुभव र नयाँ सोचले समग्र निर्वाचन क्षेत्रबासीको सपनालाई यर्थाथतामा बदलेर बाँके क्षेत्र नं १ बासीको भविष्य कोर्न आफू सक्षम रहेको बताउँछन् ।

संसदमा प्रभावकारी भुमिका

बाँके १ का सांसदका रुपमा अथकको ५ बर्षे कार्यकाल प्रभावकारी रह्यो । कतिपय सांसदहरु संसदको नियमित प्रक्रियामा सहभागी नहुने, देश, आफ्नो जिल्ला र निर्वाचन क्षेत्रका बारेमा समस्य बारे नबोल्ने गरेकोमा अथक त्यस अलोचनाबाट मुक्त छन । संसद सचिवालयका अनुसार अथकले मन्त्री हुन भन्दा अगाडी साढे ३ वर्षमा झण्डै ४० पटक संसदमा बाँके जिल्ला र आफ्नो निर्वाचन क्षेत्रका बारेमा सदन र सरकारलाई झ्कझकाएका छन ।

भारतिय बाँध र बाटोका कारण राप्तीसोनारीमा परेको डुवानका समस्य समाधान गर्न, बाँकेको समग्र बिकासका लागी नेपालगञ्ज बिमान स्थाललाई क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थलको रुपमा बिकास गर्न, बघौडा क्षेत्रको बिकास बाटो घाटो, बिधुत बिस्तारकालागी भएका ढिला सुस्तीलाई कडाई गर्न, कोरोना महामारीका कारण जनता र अन्य क्षेत्रमा परेको असरलाई न्युनिकरण गर्न संसद र सरकारको ध्यानाकषर्ण गराएका थिए । सांसद अथक संसदमा सार्वजनिक महत्वका बिषयमा बोल्ने मध्येका अग्र स्थानमा पर्दछन ।

कोहलपुरमा प्रशासनिक पहुँच बढाउन भुमिका

कोहलपुरलाई प्रशासनिक केन्द्रका रुपमा पनि बिकास गर्न अथकले भुमिका खेल्दै आएका छन । आफु मन्त्री रहेको क्याबिनेटबाट मन्त्री एवं साँसद अथकले कोहलपुरमा नापि तथा मालपोत कार्यालयका स्थापन गर्ने नितिगत निर्णय गराएका थिए । नितिगत निर्णय भएर बजेट समेत निकास भई सकेको अवस्थामा संघ तथा प्रदेश सभाको निर्वाचनको आचार संहिताका कारण सो काम रोकिएको छ ।

संसदको भुमिकामा नरहेको समयमा समेत अथकले कोहलपुरमा बिधुत कार्यालयका शाखा कार्यालय स्थपना गर्न, ईलका प्रशासन कार्यालय स्थापना गर्न मुख्य भुमिका खेलेका थिए । साथै कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान, महिला क्रिकेट एकेडमी र कवर्डहलको निर्माणको लागी बजेट बिनियोजन गराई सकेका छन ।

कोहलपुरमा ११ मा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदानको जग्गाको स्वामित्वका कारण अन्तराष्ट्रिय क्रिकेट मैदान र महिला क्रिकेट एकेडमी निर्माणको काम अघि बढ्न नसकेकाले त्यसकाे समस्या समाधानकालागि पहल भईरहेकाे मन्त्री अथककाे सचिवालयले जनाएकाे छ ।

  • ८ कार्तिक २०७९, मंगलवार १३:४३ प्रकाशित
  • Nabintech