११ बैशाख २०८१, मंगलवार
ट्राफिक प्रहरीद्धारा सिमाक्षेत्रमा छड्के चेकजाँच
  • काँचुली खबर

सिमा क्षेत्रमा ट्राफिक नियम बिपरित भारतिय नम्बर प्लेटका सबारी साधनहरु अध्याधिक मात्रामा गुड्न थालेपछी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सिमामै छड्के चेक गरेको छ ।  नेपाल भारतको सिमा जमुनाहा क्षेत्रमा भारतिय नम्बर प्लेटका सबारी साधनहरु ट्राफिक नियम बिपरित गुडने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले सिमामै गएर चेकजाँच गरेको हो । सवारी अनुमती पत्र नबोक्ने, हेलमेटको प्रयोग नगर्ने सबारी साधनहरु माथी ट्राफिकले कारबाही समेत गरेको छ ।

नेपाल भारतको सिमानामा बढि भारतीय नम्बर प्लेटका गाडीहरु अनुमती बिना आवतजावत गर्ने र चोरीका गाडी पनि धेरै भित्रिने गरेको जनताको गुनासोका आधारमा छड्के चेकजाँच गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हिरेन्द्र रोकायले जानकारी दिनुभयो । हरेक दिन नेपालगन्ज बजार र आसपासमा चेकजाँच हुने तर सिमानाकामा कहिल्यै चेकजाँच नहुने भएकोले एक्कासी छड्के चेकजाँच थालेको प्रमुख रोकायले बताउनुभयो । विहीवार अवेर रातीसम्म चेकजाँच गर्दा भारतीय नम्बर प्लेटको मोटरसाईकल एक दर्जनबढि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । विना हेल्मेट, मोटरसाईकलमा तिन जना बोकेको कागजात नबोकेकोलाई नियन्त्रणमा लिई कारवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

  • २९ असार २०७५, शुक्रबार १६:५९ प्रकाशित
  • Nabintech