१३ बैशाख २०८१, बिहीबार
बाँके डान्स आईडलको फाईनलकालागि १६ प्रतिस्पर्धी छनोट
  • काँचुली खबर

बाँके डान्स आईडलको फाईनल राउण्ड श्रावण ५ गते हुने भएको छ । फाईनल राउण्डकालागि छनाँैट भएका १६ प्रतिस्प्रधीहरुबिच फाईनल राउण्डमा प्रतिस्पर्धा गराईने भएको हो ।
बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले श्रावण ५ गते फाईनल राउण्ड हुने र त्यसका लागी सम्पुर्ण तयारीहरु तिब्र पारिएको बताए । ५० प्रतिशत नृत्य बाट र ५० प्रतिशत टिकट भोटिङ्गबाट प्रथम प्रतियोगी छनौट गर्ने श्रेष्ठले बताए ।
कोहलपुरस्थित पिपिरीमा आयोजना गरिने फाईलन राउण्डमा सहभागी हुन र निर्णायकको भूमिकाकालागि राष्ट्रिय स्तरमा छबि बनाएका ब्यक्तिहरु कोहलपुर आउने भएका छन ।
नृत्य प्रतियोगितामा प्रथम हुने प्रतिस्पर्धीले १ लाख, द्वितिय हुनेले ५० हजार र तृतिय हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन ।
त्यसैगरी चौथो र पाँचौ हुने प्रतिस्पर्धीले एउटा कभर भिडियोमा मोडलिङ गर्ने अवसर पाउने छन भने छैठौ देखि दशौ स्थानसम्मकालाई ५० प्रतिशत छात्रबृत्ति प्रदान गरिने अयोजकले जनाएको छ ।
साथै सेमिफाईनल चरणमा पुगेका तर फाइनलमा पुग्न नसकेका ५ जना प्रतियोगीहरुका १\१ कभर भिडियोमा मोडलिङकालागि अवसर प्रदान गरिने बताईएको छ ।

 

हेरौं फाईनल राउण्डको प्रोमो

  • २९ असार २०७५, शुक्रबार १५:५८ प्रकाशित
  • Nabintech