१५ चैत्र २०८०, बिहीबार
नवाैंकाे सम्पूर्ण तयारी पूरा, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने
  • काँचुली खबर

असाेज २७, पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भोलि शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ ।

पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले नवौंको औपचारिक उद्घाटन गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले उद्घाटन गर्न लागेका हुन् । नवौंको उद्घाटनमा ओलम्पिक टर्च ओलम्पियन टिका बहादुर बोगटीले प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा हुनेछ।

नवौंको सफल आयोजनाका लागि सम्पूर्ण तयारी समेत पूरा भएको छ । नवौंको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए ।

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।

  • २७ आश्विन २०७९, बिहीबार २२:०६ प्रकाशित
  • Nabintech