१३ बैशाख २०८१, बिहीबार
फेवाताल सफाई अभियान राखेपको टिम सहभागी
  • काँचुली खबर

असोज २५, पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ फेवाताल सफाई महाअभियानमा सहभागी भएका छन् ।

मंगलबार बिहान ताल बाराहीचोकमा भएको सरसफाइमा अभियानमा सदस्य सचिव घिसिङ, राखेप बोर्ड अन्जन धमला सहित परिषद्का अधिकारीहरु सहभागी भएका हुन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका लागि पोखरामा रहेका सदस्य सचिव घिसिङ सहित राखेपका अधिकारीहरु सफाई अभियानमा सहभागी भएर फेवाताल सफा बनाउने अभियानमा एक्यबद्धता जनाएका छन् ।

पोखरा महानगरपालिकाले मंगलबारदेखि छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई अभियानलाई अघि बढाएको छ ।

राखेप सदस्य सचिव घिसिङ्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा ताल सरसफाइ अभियानमा जुट्न पाउनु गर्वको बिषय रहेको बताउदै सम्पदाको संरक्षणको लागि सबैको सहभागिता अपरिहार्य रहनुपर्नेमा जोड दिए ।

ताल सफाइ कार्यक्रममा ३३ वटै वडाका वडाध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु, नवौँ राष्ट्रिय खेलकुदका सचिवालय सदस्यहरु, नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत संस्था र व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरलाई मेसिन बनाउने जिम्मा दिईएको पोखरा उपमहानगरका मेयर धनराज आचार्यले बताएका छन् ।

  • २५ आश्विन २०७९, मंगलवार १५:४९ प्रकाशित
  • Nabintech