१५ चैत्र २०८०, बिहीबार
आधारभुत शिक्षा सुनिश्चितता गर्ने बारबर्दिया नेपालकै पहिलो नगरपालिका
  • काँचुली खबर

बर्दिया । बारबर्दिया नगरपालिका अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता भएको नेपालकै पहिलो नगरपालिका भएको छ ।

 

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले बिहिबार एक औपचारीक समारोहका बिच बारबर्दियालाई आधारभुत शिक्षा सुनिश्चिता भएको नगर घोषणा गर्नुभयो । नगरपालिकामा रहेका विद्यालय उमेर समूहका ५ देखि १२ बर्षका बालबालिकाहरु मध्ये घरधुरी सर्वेक्षण गरि विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइएको नगरप्रमुख दुर्गा बहादुर थारुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो‘अब हामीसंग दुईओटा चुनौति छन, विद्यार्थीलाई टिकाउनु र सिकाउनु ।’ त्यसका लागि शिक्षाको गुणस्तर दश प्रतिशतले वृद्धि गर्ने गरी विद्यालयका प्रध्यानाध्यापकहरुसंग ३० बुँदे सहमती गरिएको उहाँको भनाई छ । ‘एक बच्चा एक भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने नारा सहित सरकारले सुरु गरेको पहिलो र दोस्रो चरणको विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन लागि परेको बारबर्दिया नगरपालिकाले नगरको १६ हजार ८ सय ८० घरधुरी सर्वेक्षण गर्दा ३—१६ बर्षका २ सय ८७ बालबालिका विद्यालय बाहिर रहेको पाईएको थियो ।

 

बारबर्दियामा संस्थागत तथा निजी शैक्षिक संस्थाहरुमा २० हजार ५ सय ८८ बालबालिका अध्ययनरत रहेको शिक्षकहरुको सर्वेक्षण तथ्यांकले देखाएको थियो । मौलिक हकको रुपमा रहेको आधारभुत शिक्षालाइ सबैको बालबालिकाको पहुँचमा पु¥याई देशका अन्य स्थानिय तहलाई पाठ सिकाउन सफल भएकोमा प्रशंसा गर्दै मन्त्री पोखरेलले बारबर्दियाबासीलाई बधाई तथा धन्यवाद ज्ञापन व्यक्त गर्नु भयो ।

  • २८ असार २०७५, बिहीबार १४:५३ प्रकाशित
  • Nabintech