१३ बैशाख २०८१, बिहीबार
तलव नपाएको कामदारहरुको गुनासो
  • काँचुली खबर

बिन्दाबासिनी सेक्यूरेटी एण्ड मेनपावर प्लेसमेन्ट प्रा.लि. कोहलपुरले नेपालगन्ज मेडिकल कलेजका कामदारहरुलाई समयमा तलव नदिएको कामदाहरुले गुनासो गरेका छन । समयमा तलव नपाएकै कारण कामदार र ब्यबस्थापन पक्ष बिचको दुरी बढ्दै गएको छ ।
ब्यवस्थापन पक्षले कामदारको हकहितमा काम गर्दै आएको तर कामदारसँगको करारनामा सकिएकाले श्रमऐन अनुसार नयाँ करारनामाकालागि सूचना जारी गर्दा पनि कामदारहरुले त्यसको बेवास्ता गर्दै बिभिन्न संगठनको नाममा अनावश्यक मागहरु राख्दै आएको हुँदा समस्या उत्पन्न भएको बिन्दाबासिनी सेक्यूरिटीका अध्यक्ष यादब बस्यालले बताए ।
उता कामदारहरुले आफुसँग भएको करारनामालाई प्रा.लि. का अध्यक्ष यादब बस्यालले कार्यान्वय नगरेको आरोप लगाएका छन । कामदार प्रेम खत्रीले समयमा तलव खातामा नहाल्दिने तथा कामदारहरुलाई श्रम ऐनले ब्यवस्था गरेको सेवा सुविधा समेत नदिने गरेको बताएका छन । खत्रीले भने, ‘हामीले बैशाख र जोष्ठ महिनाको आधा तलव मात्र पाएका छौं । पुरा तलव दिनुहोस भन्दा उल्टै हामीहरुलाई हटाएर नयाँ मान्छे राख्छु भन्दै धम्याउने गर्नुहुन्छ र ६ जना मान्छे नयाँ करार गरि राखिसक्नुभएको छ । प्रा.लि. का अध्यक्षको श्रम ऐन हित विपरित गरेको ब्यवहार प्रति असहमती हुँदै आफुहरुले करारनामामा नजाने निर्णय गरेका छौं ।’
खत्रीले आफुहरु श्रम कार्यालय जान्छौं भन्दा उल्टै जाँहा जान्छौ जाउ भन्दै धम्काउन थालेपछि श्रमीकका संगठनको साहारा खोज्न बाध्य भएको खत्रीले बताए । उक्त प्रा.लि. मा अहिले २३ जना कर्मचारीहरु काम गर्दै आएका छन भने ब्यबस्थापन पक्षले पुराना कामदारको करारनामा नविकरण नगरि ६ जना नयाँ कामदारलाई काममा खटाईसकेको छ ।

  • २८ असार २०७५, बिहीबार १०:५८ प्रकाशित
  • Nabintech