१६ चैत्र २०८०, शुक्रबार
नेपालगञ्ज विमानस्थलमा रहेको जग्गा विवाद उत्कर्षमा
  • काँचुली खबर

नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो । निगमका क्षेत्रीय प्रबन्धक मुक्तिराम पाण्डेले उक्त जग्गा कसैको स्वामित्वमा नभएको तर, यसको भोगचलन निगमले ३५ वर्षदेखि गर्दै आएको बताए ।

प्राधिकरणले गत असार १९ गते राति डोजर लगाएर उक्त जग्गामा रहेका दुईवटा इन्जिनियरिङ भवन भत्काएपछि सुरक्षाको माग गर्दै निगमले बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएको छ । निगमले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा निगमका क्षेत्रीय प्रबन्धक पाण्डेले प्राधिकरणले अराजक शैलीमा भवन भत्काउँदा बहुमूल्य सामान नष्ट भएको बताए । अर्कोतर्फ नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जग्गाको लालपूर्जा प्राधिकरणको नाममा भएको दाबी गरे । उनले भने, एअरपोर्ट विस्तार गर्नु पर्यो, त्यसका लागि जग्गा खाली गर्न पटक पटक पत्राचार गर्दा पनि अटेर गरेपछि बाध्य भएर भवन भत्काएको हो ।’

  • २८ असार २०७५, बिहीबार १०:४८ प्रकाशित
  • Nabintech