१४ बैशाख २०८१, शुक्रबार
इंग्ल्यान्डलाई निराश पार्दै क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा
  • काँचुली खबर

काठमाडौं । ३२ देशको रुस विश्वकप २०१८ को ट्रफी उचाल्ने सपनासहित सुरुवात भएको प्रतिस्पर्धा अब २ देशको सपनामा सिमित भएको छ । र, त्यो सपना साकार पार्न आगामि आइतबार फ्रान्स र क्रोएशिया रुसी मैदानमा भिड्नेछन् । इङ्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।  गएराति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएशियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल शुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएशियाले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

 

अतिरिक्त समयमा मारियो मान्जुकिजले क्रोएशियाका लागि निर्णायक गोल गदैृ टोलीलाई ऐतिहासिक जित दिलाए । खेल शुरु भएको पाँचौ मिनेटमा केरियन ट्रिपरले फ्रि कीक मार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्ड्लाई अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएशियालाई बराबरीमा ल्याएका थिए ।

फाइनल खेल आइतबार हुने छ । त्यसअघि शनिबार सेमीफाइनलमा पराजित भएका बेल्जीयम र इङल्याण्ड तेस्रो स्थानकालागि खेल्नेछन् ।

  • २८ असार २०७५, बिहीबार ०७:२९ प्रकाशित
  • Nabintech