२६ श्रावण २०७९, बिहीबार
कँग्रेस नेता राहुल गान्धी पक्राउ
  • काँचुली खबर

साउन १०, काठमाण्डौं । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।

  • १० श्रावण २०७९, मंगलवार १५:५५ प्रकाशित
  • Nabintech