११ बैशाख २०८१, मंगलवार
श्रावण ५ गते बाँके डान्स आइडलको फाईनल हुदै
  • काँचुली खबर

बाँके डान्स आईडलको फाईनल राउण्ड श्रावण ५ गते हुने भएको छ । १६ जना सहभागिहरु फाईनल राउण्डमा छनाँैट हुन सफल भएका थिए । बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले श्रावण ५ गते फाईनल राउण्ड हुने भएको छ, त्यसका लागी सम्पुर्ण तयारीहरु तिब्र पारिएको बताएका छन । ५० प्रतिशत नृत्य बाट र ५० प्रतिशत टिकट भोटिङ्गबाट प्रथम प्रतियोगि छनौट गर्ने श्रेष्ठले जानकारी गराए ।
निर्णायकका लागी राष्ट्रिय रुपमा परिचित ब्यक्तित्वको आगमन हुने पनि आयोजकले बताएको छ ।

नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितिय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार चौथो र पाचौ हुनेलाई एउटा कभर भिडियो । छ्रैठौ देखि दशौ सम्मकालाई ५० प्रतिशत छात्रबृत्ति रहेको अयोजकले जनाएको छ । सेमिफाईनलमा जुधेका तर फाइनलमा पुग्न नसकेका ५ जना प्रतियोगीहरुकालागी एउटा कभर भिडियोमा खेलाईने प्रस्तुत कर्ता श्रेष्ठले बताए ।

  • २७ असार २०७५, बुधबार १४:०३ प्रकाशित
  • Nabintech