८ बैशाख २०८१, शनिबार
ढकेरीमा ट्रकले ठक्कर दिदा श्रीमतीको मृत्यु, श्रीमान घाईते
  • पुष्पराज हमाल

असार ११, कोहलपुर । बाँकेमा सडक दुर्घटना हुँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान घाईते भएका छन । राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरी स्थित पुर्व पश्चिम राजमार्गको झिझिरी खोला मोडमा शनिबार विहान दुर्घटना हुदाँ बैजनाथ गाउँपालिका वडा २ की २८ वर्षिय दिपिका खत्रीको मृत्यु भएको हो ।

पुर्वदेखी पश्चिम तर्फ जादै गरेको ना ५ ख ४२०४ नम्बरको ट्रकले भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदाँ खत्रीका श्रीमान ३५ वर्षिय दिल बहादुर कटुवाल घाइेत भएका छन ।

घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिकाका २८ वर्षिय नविन आचार्यलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

  • ११ असार २०७९, शनिबार १७:३३ प्रकाशित
  • Nabintech