७ बैशाख २०८१, शुक्रबार
वागेश्वरी क्याम्पसका अध्यक्ष न्यौपानेद्धारा पदभार ग्रहण
  • काँचुली खबर

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले पदभार ग्रहण गरेका छन । बुधबार क्याम्पस परिसरमा आयोजित पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष होमप्रकाश सुवेदीले न्यौपानेलाई जिम्मेवारी हस्तान्त्रण गरेतगत्तै उनले पदभार प्रहण गरेका हुन । क्याम्पस प्रमुख शिशिर कुमार शर्मा र निवर्तमान अध्यक्ष सुवेदीले नव नियुक्त अध्यक्ष न्यौपानेलाई संयुक्त रुपमा माईन्यूट हस्तान्त्रण गरेका थिए ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष न्यौपानेले क्याम्पसलाई यस क्षेत्रकै नमुना क्याम्पसको रुपमा स्थापित गर्ने आप्mनो प्रमुख लक्ष्य भएको बताए । क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पस बनाउने प्रक्रिया सुरु भईसकेको बताउँदै अध्यक्ष न्यौपानेले त्यसकालागि दवावमुलक अभियान संचालन गरिसकेको बताए । उनले क्याम्पसको हितकालागि संचालन गरिने हरेक अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरेका छन ।
क्याम्पस संचालक समितिले केही हप्ता पहिले न्यौपालेलाई समितिको अध्यक्ष पदकालागि सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले न्यौपानेलाई क्याम्पसको संचालक समिति अध्यक्ष पदमा नियुक्त गरेको हो ।
न्यौपाने नेकपाका युवा नेता समेत हुन् । उनी गत बर्षको स्थानीय निर्वाचनमा कोहलपुर नगरपालिकामा तत्कालिन माओवादी केन्द्रका तर्फबाट मेयर पदको उम्मेदवार समेत थिए ।

  • २७ असार २०७५, बुधबार १३:०९ प्रकाशित
  • Nabintech