१२ बैशाख २०८१, बुधबार
विश्व जनसंख्या दिवस आज
  • काँचुली खबर

काठमाडौं / विश्व जनसंख्या दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईने वार्षिक क्रार्यक्रम हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ । सन २०११ को तथ्याङ्क अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ ।

भौगोलिक हिसाबले नेपालको हिमाली क्षेत्रले १५, पहाडले ६८ र तराईले १७ प्रतिशत भूभाग ओगटेका छन् । पछिल्लो जनगणनाअनुसार तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत मानिस बस्छन् । त्यो संख्या १ करोड ३३ लाख १८ हजार ७ सय ५ जना हो । पहाडमा ४३।०१ प्रतिशत अर्थात् १ करोड १३ लाख ९४ हजार जनाको बसोबास छ । हिमाली क्षेत्रमा ६।७३ प्रतिशत मात्र जनसंख्या छ । त्यो संख्या १७ लाख ८१ हजार ७ सय ९२ जना हो ।

संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो । विश्वमा जनसंख्या ५ अर्ब ९बिलियन० पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर तय भएको मिति हो ।

  • २७ असार २०७५, बुधबार १०:३६ प्रकाशित
  • Nabintech