७ बैशाख २०८१, शुक्रबार
जवरजस्ती करणी मुद्धामा काँग्रेस नेता चलाउने पक्राउ
  • काँचुली खबर

१३ जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले जवरजस्ती करणी मुद्धामा नेपाली काँग्रेस कोहलपुरका नेता निम बहादुर चलाउने (निरज) लाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० का पुर्व वडाध्यक्ष समेत रहेका चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले पुष्टि गरेका छन ।

चलाउनेलाई पक्राउ गरी हिरासतमा राखीएको र थप अनुसन्धानकालागि जिल्ला अदालत बाँकेबाट ५ दिन म्याद थप गरीएको मल्लले बताए । केही समय पहिले कोहलपुरकै एक महिलाले आफुमाथी जवरजस्ती करणी गरेको भन्दै चलाउने बिरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिईन । जाहेरीकै आधारमा कोहलपुर प्रहरीले शुक्रबार चलाउनेलाई पक्राउ गरेको हो ।

  • १३ जेष्ठ २०७९, शुक्रबार १७:०९ प्रकाशित
  • Nabintech