२६ श्रावण २०७९, बिहीबार
सलमान खान नेपाल आउने कार्यक्रम स्थगित
  • काँचुली खबर

जेठ १०, काठमाण्डौं / बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।

आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ ।

‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो, ‘पछि कुनै समय हुनसक्ला ।’

ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।

आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ । यसअघि पनि सलमानको कार्यक्रम स्थगित भएको थियो भने टिकट ठगी काण्डमा आयोजक सीमान्त गुरुङ मुछिएका थिए ।

  • १० जेष्ठ २०७९, मंगलवार १७:३३ प्रकाशित
  • Nabintech