६ बैशाख २०८१, बिहीबार
सर्पदंश उपचार केन्द्रको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र हस्तान्त्रण
  • काँचुली खबर

नेपालगन्ज क्षेत्रमा रहेका मानवअधिकार तथा कानुुनको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई बाँकेको राप्ती पारी सर्पदंश उपचार केन्द्रको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा हाल बाँके जिल्लामा सर्पको टोकाईले गर्दा अनाहकमा मानिसको मृत्यु हुने गरेको र राप्ती पारी नरैनापुुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाबाट सर्पको टोकाईबाट घाइते भएका विरामीलाई उपचार गर्न नेपालगन्ज ल्याउदै गर्दा बिचमै ज्यान जान सक्ने सम्भावना रहेकाले तत्काल सम्बोधन हुने गरी त्यस क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न माग गरिएको छ ।
दुबै गाउँपालिकामा कम्तीमा एक-एक सर्पदंश उपचार केन्द्रको स्थापना हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । साथै आम नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न\गराउन समेत ज्ञापन-पत्र मार्फत आग्रह गरिएको छ ।
मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता राम कुमार दिक्षित, अधिवक्ता विजय कुमार शर्मा, अधिवक्ता राम कुमार राढ र सूचना अभियान्ता अरुण कुमार तिवारी समेतको उपस्थितीमा उक्त ज्ञापन पत्र बुझाईएको थियो ।
ज्ञापन-पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी केसीले तत्काल समस्या समाधान गर्न नेपाल सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

  • २६ असार २०७५, मंगलवार २०:५४ प्रकाशित
  • Nabintech