बाँकेलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिदै
  • काँचुली खबर

आगामी असार २८ गते बाँके जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिने भएको छ । बाँकेमा रहेको ९३ हजार ४ सय २२ घरधुरीमा सतप्रतिशत चर्पी निर्माण भैसकेकोले जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा लागीएको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख राजकुमार चौधरीले पुर्ण रुपमा चर्पी भएको जिल्ला भएकोले यही २८ गते एक समारोहका विच खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्न लागीएको जानकारी गराए ।  प्रथम चरणको कार्यक्रम पुरा गरेको बताउँदै चौधरीले अव दोश्रो चरणको कार्यक्रममा प्रवेश गर्ने लक्ष्य रहेको बताए ।

खानेपानी सरसफाई डिभिजन कार्यालयको १ करोड बढि लागतमा बाँके जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्न सफल भएको उनको भनाई छ ।  ‘शुरुवाती चरणमा राप्तीपारीको साविक ६ गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्न चुनैती थपिएको थियो’ चौधरीले भने ‘त्यो चुनौती पार गर्दै अहिले सिङ्गो जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने चरणमा पुगेका छौं ।’

बाँके जिल्लामा ७ वटा सार्वजनिक शौचालय समेत निर्माण गरेको प्रमुख चौधरीले जानारी दिए । पुरैनीमा २ वटा, साइगाउँमा ३ वटा र होलियामा २ वटा गरि ७ वटा सार्वजनिक शौचालय निर्माण गरेको चौधरीले बताए । नेपालगन्ज उपमहानगरपालिकामा पनि केही बर्ष भित्रै पुष्पलाल चोक, धम्बोझी चोक र विपी चोक नजिकै ३ देखि ४ वटा घुम्ती शौचालय निर्माण गरिने लक्ष्य रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
यद्यपी बाँकेलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएता पनि यसको कार्यान्वयनमा भने ठुनै चुनौती देखिएको छ । अझै पनि नेपालगन्ज उपमहानगरपालिका भित्रका स्थानियहरु खुल्ला शौचमै रमाउने गरेका छन । जिल्लालाई नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी भैरहँदा जिल्लाकै एकमात्र उपमहानगरवासीहरु भने स्थानिय खेत र नालामा खुलेआम शौच गर्न तल्लिन देखिन्छन । यस्तो अवस्थामा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुको औचित्य के ?

  • २६ असार २०७५, मंगलवार १७:१४ प्रकाशित
  • Nabintech