६ जेष्ठ २०८१, आईतवार
नारायणी वली : अनुभवीले खारीएकी महिला नेतृ
  • काँचुली खबर

नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत । उमेरले भर्खरै ३८ वर्ष टेकेकी वली अनुभवले खारीएकी सक्षम महिला नेतृ हुन । २०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा अत्याधिक मतले विजयी हुँदै कार्यकालिका सदस्यको भुमिका निर्वाह गरीसकेकी वली पुन: कोहलपुर नगरपालिकाको नेतृत्वकालागि चुनावी मैदानमा छिन । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा वलीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट कोहलपुर नगरपालीकाको उपमेयर पदमा उम्मेदवारी दिएकी छन ।

बि.सं. २०५५ सालमा अनेरास्ववियूको प्रारम्भीक कमिटिमा आवद्ध भएर राजनैतिक यात्रा सुरु गरेकी वली पछिल्लो समय नेकपा (एकिकृत समाजवादी) बाँके जिल्ला कमिटि सचिवालय सदस्य तथा कोहलपुर नगर कमिटि अध्यक्षका रुपमा राजनितिमा सक्रिय छिन । राजनितिमा महिला सहभागिता बढाउनका लागि महिला स्वयं नै अग्रसरता हुनुपर्ने धारणा राख्ने वली महिलालाई अबसर दिने हो भने पुरुष सरह काम गर्न सक्छन भन्ने गतिलो उदाहरण हुन ।

विषेश गरी महिलाहरुका मुद्दालाई शसक्त रुपमा उठाउँदै आएकी युवा नेतृ वली सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । कोहलपुर नगरपालिका वडा नं. १२ की स्थायी बासिन्दा वलीले विभिन्न क्षेत्रमा लामो अनुभव समेत हासिल गरेकी छन । २०६१ सालमा सुशासन तथा पैरवीकर्ता (वन) मा आवद्ध भएकी वली प्ररायु संघको जिल्ला सदस्य हुँदै सम्मेलन आयोजक कमिटिको सचिवसम्म भएकी थिईन । राजनितिसँगै खेलकुदमा समेत विशेष चासो राख्ने वली जिल्ला खेलकुद विकास समिति बाँकेको कोषाध्यक्ष समेत भईन ।

जिल्ला महिला पैरवी मञ्च बाँकेको अध्यक्ष, राष्ट्रिय महिला अधिकार सरोकार मंचको केन्द्रिय सदस्य तथा कार्यवाहक कोषाध्यक्ष भईसकेकी वली २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ बाट महिला सदस्य पदमा निर्वाचित भएकी थिईन । कार्यपालिका सदस्य हुँदै नगरपालिकाको विभिन्न जिम्मेवारीमा रहँदा वलीले शिक्षा, स्वास्थ्य, बालबालिका तथा महिलाको क्षेत्रमा उदाहरणीय काम गर्न सफल भईन । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा प्रत्यक्ष रुपमा उद्धार तथा उपचार कार्यमा सहभागी भएकी वली आफै पनि कोरोना संक्रमित भएकी थिईन ।

कोहलपुर नगरपालिकाको कार्यपालिका सदस्य हुँदै सामाजिक विकास समिति संयोजकको भुमिका रहँदा वलीले धेरै उदाहरणीय काम गरेकी छन । कोहलपुरको शैक्षिक गुणस्तर सुधार्न नेतृ वलीले खेलेको भुमिका प्रशांसायोग्य छ । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक रहँदा वलीकै नेतृत्वमा शिक्षा बिज्ञ सहितको बिद्यालय अनुगमन टोली गठन गरीएको थियो । उक्त टोलीले नगर भित्रका सामुदायीक तथा निजि बिद्यालयको अनुगमन गरी बिद्यालयको वास्तविक अबस्था बुझ्ने प्रयास गरेको थियो । बिद्यालयले लागु गरेको पाठ्यक्रम र पाठ्यपुस्तक बिद्यार्थीको तह अनुसार ठिक छ छैन, पढाउने तौर तरिका, पाठ्यक्रम उद्देश्य अनुसार बिद्यार्थीको गुणस्तरमा बिकास भएको छ छैन लगाएतका बिषयमा बुझी शैक्षिक सुधारका लागी पहल गर्न आफु सामाजिक समितिको संयोजक भएपछि धेरै मेहनत गरेको वली बताउँछिन । कोहलपुर नगरलाई शैक्षिक हब बनाउन पनि बिद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न आबश्यक रहेको उनको धारणा छ ।

पहिलो कार्यकालमा आफुले सुरु गरेको अभियानलाई सार्थक बनाउनकालागि दोस्रो पटक उपमेयर पदमा उम्मेदवारी दिएको वली बताउँछिन । ‘कार्यपालिका सदस्यका रुपमा पहिलो कार्यकाल राम्रै काम गरेछु, अझैं राम्रो गर्न यस पटक उपमेयर पदमा उम्मेदवारी दिएको छु’ वली भन्छिन, ‘नगरवासीको साथ सहयोग पाउनेमा आशावादी छु ।’

महिलाहरुको क्षेत्रमा विषेश काम गर्न आफ्नो उम्मेदवारी भएको वली बताउँछिन । राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव र परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेकाले ब्यवहारीक रुपमै महिला हिंसा अन्त्यकालागि विशेष भुमिका खेल्नुपर्नेमा वलीको जोड छ । आफ्नो कार्यकालमा नगरवासीले महशुस गर्ने गरी महिला हिंसा अन्त्यकालागि भुमिका खेल्ने उनको प्रतिवद्धता रहेको छ ।

महिलामाथी हुने जुनसुकै हिंसा तथा आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट बन्चित महिलाहरुको वकालत गर्दै जाने वली बताउँछिन । आफुले जारी गरेको घोषणा पत्रमा उल्लेख भएका हरेक बुँदा अक्षरश पालना गर्ने प्रतिवद्धता जाहेर गर्दै वलीले कलम चिन्हमा मतदान गरी पुन: एक पटक बिजयी गराउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेकी छन ।

  • २७ बैशाख २०७९, मंगलवार ०८:४० प्रकाशित
  • Nabintech