६ जेष्ठ २०८१, आईतवार
जनतामाझ भिजेका उम्मेदवार क. निर्माण
  • काँचुली खबर

जनताको सेवा गर्न पाउँदा रमाउने समृद्ध समाज र समृद्ध वडाको विकास चाहने ब्यक्ति हुन् दान बहादुर ओली (निर्माण) । विगत लामो समयदेखि कोहलपुर नगरपालिका वडा नम्बर १४ का जनताको माझमा रही सेवामा तल्लीन ओली वडावासीको मनमा भिजेका छन् । बुवा गंगे ओली क्षेत्री र आमा गौरी आलीको कोखबाट जन्मीएका उनको राजनैतीक यात्रा २०४८ सालमा जनसेवा मा.वी. सहारे सुर्खेतमा अ.ने.रा. स्ववियु ईकाइ कमिटि सदस्य हुँदै सुरु भएको थियो ।

उनले २०५३ बैशाखमा ने.क.पा. माओवादीको संगठित सदस्यता प्राप्त गरे । २०५५ फागुनबाट ने.क.पा. माओवादीमा पुर्णकालीन कार्यकर्ता हुँदै गर्दा २०५८ जेठमा सल्यान जिल्ला अन्तर्गत एरिया कमिटि सेक्रटरीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी २०५९ बाट कोहलपुर नगरपालिका १४ बाँकेलाई कर्मक्षेत्र बनाई बाँके जिल्लामा अखिल नेपाल ट्रेड युनियन महासंघको जिल्ला कमिटि अध्यक्ष भई काम गरे । २०६० सालमा बाँके जिल्ला पार्टी कमिटी सदस्य भए भने २०६३ सालमा चौथो राष्ट्रिय सम्मेलनबाट ट्रेड युनियन माहासंघको केन्द्रिय सदस्य भए । त्यसै गरी २०७३ सालमा ट्रेड युनियन महासंघको केन्द्रिय सचिवालय सदस्य तथा लुम्विनी प्रदेश कमिटी अध्यक्ष समेत रहे ।

वली हाल ने.क.पा. माओवादी केन्द्रको लुम्विनी प्रदेश कमिटि सदस्य तथा कोहलपुर नगर कमिटी सचिव छन् । सानै उमेरदेखि राजनितिक क्षेत्रमा प्रवेश गरी दिनरातको प्रवाह नगरी सामाजिक कार्यमा ठुलो योगदान दिएका ओली जहिले पनि अरुलाई सहयोग गर्ने र कोही कसैलाई भेदभावको रुपले नहेरी समान रुपमा सहयोगको भावना हुनुपर्छ भन्ने विचार राख्छन । ओली अहिले कोहलपुर नगरपालिका वडा नं. १४ को वडाअध्यक्षको उम्मेदारका रुपमा अगाडी आएका छन ।

विहान उज्यालो भएदेखि राती नसुदासम्म आफ्नो वडामा विकास र समृद्धिको बारेमा चिन्ता लाग्छ उनलाई । ‘कोहलपुर वडा नं. १४ को समग्र विकास र समृद्धिका लागि म प्रतिबद्ध छु । विगत लामो समयदेखि वडामा भएका समस्या र त्यसको उपायको बारेमा म जानकार छु । किनभने वडा नम्बर १४ का जनताहरुसंग प्रत्यक्ष रुपमा सामाजिक काममा होस्, वा विकास निर्माणको काम होस्, वा आर्थिक तथा भौतिक रुपमा सहयोग होस्, वा अन्य सबै क्षेत्रमा काम पर्दा निकट भएर काम गरेको छु । सबैभन्दा ठुलो समस्या भनेको शिक्षा, स्वास्थ्य, कृषी, विद्युत, खानेपानी, युवा स्वरोजगारका विषय हुन जसको समाधानको लागी म लागी पर्नेछु ।’ वली भन्छन ।

बाँकेको कोहलपुरमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजबादी)को संयुक्त गठबन्धनबाट वडा नं. १४ को साझा उम्मेदवारका रुपमा अध्यक्ष पदमा ओली, खुल्ला सदस्यमा नर बहादुर खत्री, गिता भण्डारी, महिला सदस्यमा चन्दा कुमारी थापा र दलित सदस्यमा निर्मला वि.क. ले उम्मेदवारी दिएका छन । वली, खत्री र वि.के नेकपा (माओवादी केन्द्र) का हुन भने भण्डारी र थापा नेकपा (एकिकृत समाजवादी) का हुन ।

 

वडा नं. १४ को विकासकालागि गठबन्धनका साझा उम्मेदवाहरुले तय गरेको मुख्य विकासका एजेण्डाहरु यस प्रकार रहेका छन । :

१) वडामा विकास बैंकको स्थापना गर्ने जसकारण वडावासीलाई बृद्ध भत्ता होस् या अन्य कुनै आर्थिक कारोबारको लागी टाढा जान नपरोस् ।

२) किसानहरुलाई बीऊ, मल, किटनासक औसधी, प्राविधीक सहयोग एवं सिचाईको ब्यवस्था गर्ने ।

३) सबैको घरघरमा खोनेपानीको विस्तार गर्ने ।

४) ऐलानी जग्गामा वसोवास गरी भोगचलन गरी आएका जमीनको नापजाँच गराई लालपुर्जाको लागी सिफारीस गर्ने ।

५) वडामा रहेका मठ मन्दिर, मदरशा, चर्च लगाएत सबै धार्मिक स्थलहरुको संरक्षण एवं मर्मत गर्ने

६) विभिन्न धमाृवलम्वीहरुको ख्याल राखी धर्मशाला निमार्ण गर्ने

७) हाइवेमा सडक बत्ति जडान गर्ने , हवल्दारपुर चोकमा आकासे पुलको निर्माण गर्ने

८) बृद्ध आमाबुवालाई घरघरमा एम्बुलेन्स सेवा र औषधी उपचार प्रदान गर्ने ।

९) एक घर एक रोजगारीको साथै युवाहरुलाई रोजगारीको लागी पहल गर्ने ।

१०) वडाका प्रत्येक टोलका मुख्य एवं सहायक बाटोहरु स्तर उन्नती, नाली निर्माण गर्ने

११) विद्यार्थीहरुलाई अनलाइन पठनपाठन सहजका लागी वडाका मुख्य क्षेत्रमा फ्रि वाईफाई व्यवस्थापन गर्ने ।

१२) तपो भुमी, शान्ति विहारको डि.पि.आर. अनुसारको भौतिक संरचना निर्माण गर्ने । आदि ।

  • २६ बैशाख २०७९, सोमबार १८:०५ प्रकाशित
  • Nabintech