६ जेष्ठ २०८१, आईतवार
मिना पुन मगर : गठबन्धनबाट एक्लो महिला उम्मेदवार
  • काँचुली खबर

आसन्न स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिको १५ वटै वडाबाट गठबन्धनले उठाएको एक्लो महिला उम्मेदवार हुन, मिना कुमारी पुन मगर । नेकपा (माओवादी केन्द्र) को कोहलपुर नगर कमिटि सदस्य मगर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट कोहलपुर नगरपालिका वडा नं. १३ को वडाध्यक्ष पदको उम्मेदवार हुन ।

वि.सं. २०६० सालमा महिला संगठनबाट राजनितिमा होमिएकी सरल स्वभाव, मिलनसार, सहयोगी भावना अनि नेतृत्व गर्न सक्ने क्षमताकी मगर वडाबासी माझ लोकप्रिय छिन । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर कमिटी सदस्य समेत रहेकी मगरलार्ई यिनैै गुण र क्षमताका आधारमा यही बैशाख ३० गते हुन गइरहेको स्थनीय तहको निर्वाचनमा गठबन्धनले वडा नं. १३ को वडा अध्यक्षको उम्मेद्वार बनाएको छ ।

बुवा अमर बहादुर थापा र आमा धनमाया थापाको कोखबाट २०४१ सालमा जन्मिएकी मगर वि.सं. २०६० सालमा महिला संगठनबाट राजनितिमा सक्रिय भएकी हुन । हरेक क्षेत्रमा अब्बल मगर लामो समयदेखी महिलाहरुको हक अधिकारकाको क्षेत्रमा काम गर्दै आईरहेकी छन । उनिहसँग महिला उपकार मञ्च तथा महिलाहरुद्धारा संचालित विभिन्न सहकारीमा काम गरेको लामो अनुभव समेत छ ।

राजनितिमा महिला सहभागिता बढाउनका लागि महिला स्वयं नै अग्रसरता हुनुपर्ने धारणा राख्ने मगर महिलालाई अबसर दिने हो भने पुरुष सरह काम गर्न सक्छन भन्ने गतिलो उदाहरण हुन ।

समाजसेवीका रुपमा सक्रिय मगर राजनिति मार्फत समाजसेवा गर्ने उद्धेश्यले वडाध्यक्षको उम्मेदवार बनेको बताछिन । वडावासीले देखाएको सद्भाव नै आफुले चुनाव जित्ने सबैभन्दा ठुलो आधार रहेको बताउँदै मगरले सबै वडावासीलाई निर्वाचनमा सहभागी हुन आग्रह समेत गरेकी छन ।

यस्तो छ मगरको टिम:

  • २६ बैशाख २०७९, सोमबार १६:५६ प्रकाशित
  • Nabintech