५ जेष्ठ २०८१, शनिबार
धर्मसिहं कार्की : गठबन्धनका बलिया उम्मेदवार
  • काँचुली खबर

२३ बैशाख, कोहलपुर । धर्मसिंह कार्की (सुवास), कोहलपुरको राजनितिमा खासै ठुलो नाम होईन । तर आसन्न स्थानिय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारहरुकालागि भने कार्की ठुलो चुनौतीका रुपमा उदाएका छन ।

शिक्षण पेशा हुँदै राजनितिमा होमिएका कार्की कोहलपुर नगरपालिका वडा नं. ११ को वडाध्यक्ष पदको उम्मेदवार हुन । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका कार्कीलाई वडावासीले सम्भावित विजेताको रुपमा हेर्न थालेका छन । सरल र शान्त स्वभावका कार्की दिनहुँ घरदैलो अभियानमा ब्यस्त छन । उनको ब्यक्तित्व र कामप्रतिको लगनशिलताका कारण छोटो समयमै उनि वडावासीको मनमा बस्न सफल भएका छन ।

बिहानदेखि राती अबेरसम्म कोहलपुरको दिर्घकालिन विकासका बारेमा निकै चिन्तित हुने गरेको कार्की बताउँछन । बुवा लोहरे कार्की र आमा साउनी कार्कीको कोखबाट बर्दिया जिल्लाको राजापुर ८ दैलखपुरमा २०३९ जेठ १८ गते जन्मीएका कार्की बौद्धिक, कर्मशिल, लगनशील हुनुका साथै उच्च राजनीतिक/प्रशासनिक क्षमता भएका राजनितिज्ञ हुन ।

अंग्रेजी विषयमा एम.ए. र राजनीति शास्त्रमा समेत एम.ए. गरेका कार्कीसँग २० वर्ष लामो शिक्षण पेशाको अनुभव छ । १० वर्षसम्म प्रिन्सिपल तथा क्याम्पस प्रमुखका रुपमा कार्यसम्पादन गरेका कार्की कुशल प्रशासक समेत हुन । शिक्षण पेशाका अलावा कार्कीसँग बागेश्वरी बहुमुखी क्याम्पस सञ्चालन समतिका सदस्य तथा लेखा समिति संयोजक, नागरिक वडा मञ्च संयोजक), जेवाईसी नेपाल अध्यक्ष, कोहलपुर नगरपालिका योजना तर्जुमा समिति सदस्य तथा विभिन्न समाजिक संघसंस्था र सहकारीमा काम गरेको लामो अनुभव छ ।

उनको कक्षा ८ अध्यनरत हुँदा नेपाल क्रान्तिकारी वि.स. बाँके जिल्ला उपाध्यक्षबाट राजनितिक यात्रा सुरु भएको थियो । माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य, नगर कमटी सदस्य हुँदै अहिले कार्की नेपाल राष्ट्रिय कर्मचारी संगठनको क्षेत्रीय इन्चार्जको भुमिकामा छन् । भूकम्प पिडित सहयोग, कोभिड-१९ को बेला राहत वितरण, बाढी पिडितलाई राहत वितरण, असाय अपाङ्ग बालबालिलाई निःशल्क शिक्षामा सहयोग, १० वटा बालबालिकालाई अभिभावक ग्रहण गरी लर्ड बागेश्वरी ई.मी. स्कुलमा निःशुल्क अध्यपन गराएका कार्की राजनिति मार्फत समाजसेवा गर्ने उद्धेश्यले वडाध्यक्षको उम्मेदवार बनेको बताउँछन । वडावासीले देखाएको सद्भाव नै आफुले चुनाव जित्ने सबैभन्दा ठुलो आधार रहेको बताउँदै कार्कीले सबै वडावासीलाई मतदानमा सहभागी हुन आग्रह समेत गरेका छन ।

यस्तो छ कोहलपुर नगरपालिका वडा नं. ११ को टिम

  • २२ बैशाख २०७९, बिहीबार १५:२९ प्रकाशित
  • Nabintech