५ जेष्ठ २०८१, शनिबार
नेपालगन्ज १८ का जनतालाई ‘परमेश्वर’ प्रति भरोसा
  • नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का जनताले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो वडाको अध्यक्षमा परमेश्वरप्रति भरोसा रहेको बताएका छन ।

नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १८ को अध्यक्ष पदमा निर्वाचन लड्दै गरेका युवा नेता परमेश्वर डिसीप्रति वडावासीहरुले आफ्नो भरोसा रहेको बताएका हुन । उनिहरुले सम्पुर्ण वडावासीहरुले यो पटक परमेश्वरलाई भोट दिएर जिताउने प्रतिबद्धता समेत जाहेर गरेका छन ।

वडाअध्यक्ष पदका उम्मेदवार परमेश्वर डिसीले यो पटक वडावासीहरुले अत्याधिक मत दिएर आफुलाई जिताउँछन भनेर आफूले आशा गरेको बताए । ‘जनताको घरदैलोमा पुगिरहेको छु, सबै जनताबाट राम्रो रेस्पोन्स आइरहेको छ, जनताका बिचमा हाम्रो राम्रो लहर गएको छ, त्यही भएर वडाअध्यक्षमा आफुले र सम्पुर्ण टिमले यो पटक निर्वाचनमा जित हाँसिल गर्छौ ।’ उनले भने ।

डिसीले वडावासी सामु आफु निर्वाचित भैसकेपछि सार्वजनिक सेवा प्रवाह गर्दा राजनीति पुर्वाग्रह नराख्ने, करेसावारी र कौसी खेती प्रणालीलाई बिस्तार गरी जनतालाई निशुल्क बिउ बिजन प्रदान गर्ने, डिजिटल वडाको रुपमा बिकास गरी व्यापक विस्तार गर्ने र सम्पुर्ण कुराहरु अनलाइन प्रणाली मार्फत लैजाने, स्नातकोत्तर तहसम्म (दलित, मधेसी, महिला, मुस्लिम, अल्पसंख्यक र लोपोन्मुख)लाई निशुल्क छात्रवृत्ति प्रदान गर्ने, सबै सामुदायिक विद्यालयलाई कम्प्युटर र ईन्टरनेटको प्रयोग मार्फत प्रविधिमैत्री बनाइने र वडा भित्र रहेका सम्पुर्ण बालबालिकाका लागि विशेष प्रकारको बाल उद्यान निर्माण गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका छन ।

  • २१ बैशाख २०७९, बुधबार १८:३९ प्रकाशित
  • Nabintech