५ जेष्ठ २०८१, शनिबार
नेपालगन्ज २२ मा चेतबहादुर ‘अगाडी’
  • नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्ष पदका उमेदवार चेतबहादुर घर्तीमगर अरु उम्मेदवारहरु भन्दा अगाडी रहेको स्थानीय बताउँछन् ।

यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा चेतबहादुरले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा नम्बर २२ को अध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरी अहिले जनताको घरदैलोमा पुगिरहेका छन ।

शालिन, सहयोगी, भद्र तथा सरल स्वभावका चेतबहादुर सबैसङ्ग सजिलै घुलमिल हुने, सबैको सम्मान गर्ने बानी भएको नेता भएको हुँदा आफू राप्रपा नभए पनि यो पटक अध्यक्ष पदमा उनैलाई भोट दिने एक स्थानीयले बताए । ‘उहाँले आफ्नो पार्टी र अरुको पार्टीको मान्छे भनेर कहिल्यै पनि भेदभाव गर्नुभएन, त्यसैकारण यो पटक उहाँलाई नै जिताउने हो ।’ – उनले थपे ।

‘चेतबहादुर यो वडामा अरु उम्मेदवारहरु भन्दा धेरै राम्रो छवि भएका उम्मेदवार भएको हुदा उहाँ अरुभन्दा फरक र अगाडी देखिनु भएको छ । उहाँले सजिलै यो चुनाव जित्नुहुन्छ ।’ – उनले भने ।

आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्न आफू चुनावी मैदानमा उत्रिएको चेतबहादुरले बताए । वडाको भौतिक पूर्वाधार विकासदेखि खेलकुद, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर जनताको बिचमा पुगेको उनले बताए । यो वडाका वडावासीले आफुलाई अत्याधिक मत दिएर जिताउने आफुले आशा गरेको उनले बताए ।

आफुले चुनाव जितिसकेपछि वडाका सबैसँग सहकार्य र समन्वय गरेर अघि बढी जनताका समस्याहरु समाधान गर्न र वडालाई नमुना बनाउनका लागि हरदम प्रयासरत रहने उनले बताए ।

चेतबहादुर २०७४ को स्थानीय तहको निर्वाचनमा सोही वडाबाट राप्रपाबाट वडा सदस्यमा निर्वाचित भैसकेका जनप्रतिनिधि हुन । उनि जिल्ला समन्वय समिती बाँकेको सदस्य भइ एक कार्यकाल काम गरिसकेको हुँदा जनताका काम गर्न अनुभवी पनि हुन ।

  • २१ बैशाख २०७९, बुधबार १७:५६ प्रकाशित
  • Nabintech