२३ बैशाख २०८१, आईतवार
अदालतबाट दोषी ठहर भएका भुषाल कोहलपुरमा मेयरका उम्मेदवार
  • काँचुली खबर

२० बैशाख, कोहलपुर / नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार खिल प्रसाद भुषाल गाली बेइज्जती मुद्धामा बाँके जिल्ला अदालतबाट दोषी ठहर भएका छन् ।

भुषालले कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराई, कर्मचारी शिवध्वज शाही र पुस्तकालयका आजिवन सदस्य तथा कानून व्यावसायी रुद्रमणि न्यौपानेलाई पुस्तकालय खोली पुस्तकालयको महत्वपुर्ण कागज पत्र चोरी गरेको आरोप लगाएका थिए । भुषालले विज्ञप्ती मार्फत पुस्तकालयको महत्वपूर्ण कागज पत्र चोरेको आरोप सहित गाली बेईजती गरेपछि दोस्रो पक्ष अदालत पुगेको थियो । त्यहि विषयलाई लिएर सम्मानित जिल्ला अदालतले भुषाललाई दोषी ठहर गरी जरिवाना गर्ने फौसला गरेको हो ।

फौसलामा यस्तो भनिएको छ, पत्रिकामा प्रकाशित प्रेश विज्ञप्तीबाट फिरादीको पेशा व्यवसाय र मान प्रतिष्ठामा आँच पुग्न गई प्रतिवादीहरुको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ (१) र (२) (क) विपरित रहेको मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन आएकोले फिराद दावी बमोजिम बादीलाई प्रतिवादीहरुले लिखित बेइज्जती गरेको ठहरेकोले प्रतिबादीहरुलाई कसैको कसैले बेइज्जती गरेमा हुने सजायको व्यवस्था मुलुकी अपराध सहिंता २०७४ को दफा ३०७ मा उल्लेख भएकोमा सार्वजनिक नैतिकता वा प्रतिष्ठा विरुद्धका कसुरमा सजायको मात्रा कठोर हुनुभन्दा सांकेतिक सजाय गर्दा पनि कानूनको उद्देश्य पुरा हुने र प्रतिवादिहरु खिल प्रसार भुसाल र तेज प्रसाद चापागाईलाई जनही रु ५००।- गर्ने ठहर जिल्ला अदालतले गरेको छ ।

फैसला प्रमाणीकरण भएको विवरण जिल्ला अदालतको सुचना पार्टी र अदालतको वेवसाईटमा राखिएको छ । अदालतले दोषी ठहर गरेका उनै भुसाल अहिले कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारको रुपमा गाँउ गाँउ घर घर पुग्ने गरेका छन् ।

  • २० बैशाख २०७९, मंगलवार १३:३८ प्रकाशित
  • Nabintech