२३ बैशाख २०८१, आईतवार
कोहलपुरका जेष्ठ नागरिक भन्छन्, ‘नरेन्द्र जत्तिको योग्य उम्मेदवार अरु छैन”
  • काँचुली खबर

कोहलपुर । बाँकेको कोहलपुरका जेष्ठ नागरीकहरुले नरेन्द्र न्यौपानेको पक्षमा भोट गर्ने बताएका छन । चुनावी प्रचारप्रसारमा रहेका कोहलपुर नगरपालिकाका मेयर नरेन्द्र न्यौपानेको पक्षमा युवादेखी बृद्धबृद्धाहरुसम्मको आकर्षण देखिएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को गठबन्धनका साझा उम्मेदवार न्यौपानेले जेष्ठ नागरिक प्रति देखाएको श्रद्धाले जेष्ठ नागरिकहरु नतमस्तक भएका छन् । भद्र, शालिन र शिक्षित युवा उम्मेदवारका रुपमा छुट्टै पहिचान बनाउन सफल न्यौपाने जत्तीको योग्य उम्मेदवार कोहलपुरमा अरु नरहेको जेष्ठ नागरीकको भनाई छ ।

“तिमी जत्तिको नेता हामीले कोहलपुरमा देखेका छैनौं । हाम्रो आशीर्वाद तिमीलाई लागोस ।” कोहलपुर नगरपालिका वडा नं. ६ का जेष्ठ नागरीक युवराज शर्माले भने, “एस पटकको भोट नरेन्द्र बाबुलाई ।” शर्माका अलावा हरेक वडाका अधिकाशं जेष्ठ नागरीकहरुको विजयको शुभकामनासँगै आर्शिवाद समेत दिने गरेका छन ।

चुनावी अभियानका क्रममा स्थानियको घर आँगनसम्म पुग्ने न्यौपानेसहित गठबन्धनका सबै उम्मेदवारले मतदाताको मन जित्न समेत सफल भएका छन । सौहार्दपूर्ण रुपमा चुनावी अभियान संचालन गरेको गठबन्धन र त्यसका उम्मेदवारहरुको रानजितिक संस्कारको नगरवासीहरुले खुलेरै प्रशंसा गर्न थालेका छन । अरु पार्टी र उम्मेदवारको आलोचना गरेरै नथाक्ने राजनितिक चेतभन्दा माथी उठेर गठबन्धनका उम्मेदवारहरुले चुनावी अभियान संचालन गरीरहेका छन ।

बैशाख ३० नजिकिदै गर्दा कोहलपुर नगरपालिकामा प्रचारप्रसारको माहोल बढेको छ । आगामी मेयरका रुपमा सबैले न्यौपानेको प्रचार गरीरहँदा विपक्षी दलका उम्मेदवारहरुले समेत न्यौपानेको पल्ला भारी भएको विश्लेषण गर्न थालेका छन ।

  • १९ बैशाख २०७९, सोमबार १९:०२ प्रकाशित
  • Nabintech