२३ बैशाख २०८१, आईतवार
कुनै सरकारी सेवा सुविधा नलिने पालिका अध्यक्षका उम्मेदवार युगान्तको उद्घोष
  • काँचुली खबर

बैशाख १८, कोहलपुर / नेकपा माओवादी केन्द्रका नेता तथा बाँकेको बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेदवार दिपेन्द्र शाहा (युगान्त)ले कुनै पनि सरकारी सेवा सुविधा नलिने उद्घोष गरेका छन । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत घरदैलो अभियानका क्रममा युगान्तले गाँउपालिकाको अध्यक्ष पदमा आफु निर्वाचित भए कुनै पनि सरकारी सेवा सुविधा नलिएर जनताको सेवा गर्ने उद्घोष गरेका हुन ।

बैजनाथको समृद्धि नै आफ्नो मुख्य उद्धेश्य रहेको बताउँदै नेता युगान्तले दलिय आस्था भन्दा माथी उठेर मतदान गर्न गाँउपालिकावासीहरुलाई आह्वान समेत गरेका छन । ऐतिहासिक १० वर्षे जनयुद्धदेखी शान्तीपूर्ण राजनितिक परिवर्तनसम्म नेतृत्वदायी भुमिका खेल्दै आएका युगान्तले आगामी ५ वर्षभित्र बैजनाथलाई जिल्लाकै उत्कृष्ठ पालिकाका रुपमा विकास गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

जनमुक्ती सेनाको कमाण्डर हुँदै समाजसेवी तथा सफल ब्यवसायीको पहिचान बनाएका युगान्तले शिक्षा, स्वास्थ्य, रोजगार, पर्या–पर्यटनका साथै पालिकाको समग्र विकासकालागि माओवादी नेतृत्वको टिमलाई विजयी गराउन सबैलाई आग्रह समेत गरेका छन ।

बैजनाथमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच चुनावी गठबन्धन भएको छ । गठबन्धनबाट पालिका अध्यक्षमा युगान्त तथा उपाध्यक्षमा एकिकृत समाजवादीका नेता टंकरनाथ योगीले उम्मेदवारी दिएका छन ।

  • १८ बैशाख २०७९, आईतवार १५:४२ प्रकाशित
  • Nabintech