५ जेष्ठ २०८१, शनिबार
एमाले प्रवेश गरेका पाठकको उम्मेदवारी रद्द
  • काँचुली खबर

बैशाख १६, नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गरेर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका पाठकको मनोनयन रद्ध भएको हो ।

एमालेको तर्फबाट मनोनयन गराएका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगन्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

यसै गरी नेपालगञ्ज ३ र ७ कि दलित वडा सदस्यको पनि मनोनयन दर्ता रद्द गरिएको जनाएको छ । दुबै जना दलित महिला सदस्यले दलित भएको निश्सा नदिएको कारणले उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • १६ बैशाख २०७९, शुक्रबार १७:०३ प्रकाशित
  • Nabintech