७ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा
  • काँचुली खबर

बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखा परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी कोहलपुर नगरपालिकाका १५ वटै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।
नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना उमेर समुहका सबै बालवालिकाहरु पूर्ण रुपमा खोपको पहुँचमा पुगेको भन्दै नगरपालीकालाई नै खोपयुक्त घोषणा गरिएको हो ।
बाँके निर्वाचन क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्दै आगामी वर्षहरुमा समेत यसले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साँसद अथकले एक पटक पूर्ण खोपयुक्त घोषणा हुँदैमा ढुक्क भएर बस्न नसकिने भन्दै आगामी वर्षहरुमा समेत खोप कार्यक्रमलाई सबैको पहुँचमा पुग्ने गरी संचालन गर्न आग्रह गरे ।


कार्यक्रममा सम्वोधन गर्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले नगरपालिकालाई खोपयुक्त बनाउन सहयोग गरेको नगरवासीलाई धन्यवाद दिदै पूर्ण सरसफाईको योजनामा लाग्न अपील गरे ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको सभापतीत्वमा संचालन गरिएको घोषणा कार्यक्रममा नगरभित्र कार्यरत ७१ जना स्वयं सेविकाहरुलाई समेत सम्मान गरिएको गरिएको थियो । कार्यक्रममा नगर स्वास्थ्य शाखा कोहलपुरका पदाधिकारी तथा नगरभित्र संचालनमा रहेका स्वास्थय चौकीहरुलाई समेत कदर पत्रले सम्मानित गरिएको थियो ।
नगरलाई खोपयुक्त घोषणा कार्यक्रम अघि ¥याली समेत निकालिएको थियो ।

  • २६ असार २०७५, मंगलवार ११:४३ प्रकाशित
  • Nabintech