५ जेष्ठ २०८१, शनिबार
स्थानीय तह निर्वाचनको रौनक : ‘कतै सभा, कतै भेटघाट’
  • काँचुली खबर

घोराही, १५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराए सँगै चुनावीमा रौनक गाउँदेखि शहरसम्म उत्तिकै बढेको छ । उम्मेद्वार, नेता कार्यकर्ताहरु चोकदेखि चौतारासम्म जमघट तथा सभाको लहर चलेको छ । उम्मेद्वार तथा दल नेताहले मतदाता तथा आफ्ना कार्यकर्ताको घरदेलौ भेटघाटलाई पनि तिव्रता दिइरहेको छन् । सबै दलका उम्मेद्वार, नेता तथा कार्यकर्ताहरु चुनावी गतिविधिमा केन्द्रीत छन् । कहिले गाउँ तँ कहिले शहर कहिले सभामा तँ कहिले घरदैलोमा क्रम चलिरहेको छ । कार्यकर्ता तथा मतदाताहरुले आफ्ना नेता तथा उम्मेद्वारहरुलाई फूलमाला तथा अबिर लगाई उत्साह भर्ने काम गरिरहेका छन् ।

शुक्रवार चुनावी कार्यक्रम अन्र्तगत घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नामा पुगेका गठबन्धनका उम्मेद्वार तथा नेता कार्यकर्ताहरुलाई स्थानीय मतदाता, नेता तथा कार्यकर्ताहरुले निकै उत्साहका साथ स्वागत सम्मान गरे । उक्तसभामा स्थानीय मतदाता तथा नेता कार्यकर्ताहरुको सहभागी पनि निकै उत्साहपूर्ण थियो । घोराही उपहानगरपालिका आसन्न निर्वाचनका लागि गठबन्धन तर्फका मेयर पदका उम्मेद्वार हेमराज शर्मा पोख्रेल र उपमेयर पदका उम्मेद्वार भुपबहादुर डाँगी चुनावी प्रचारप्रसार तथा मतदाता भेटघाटको दौडधुप तिव्रता दिदै उपमहानगरको विभिन्न वडाहरुका गाउँ गाउँमा पुगीरहनुभएको छ । चुनावी सभा तथा मतदाता भेटघाटका क्रममा उम्मेद्वार द्वयले जनताको आधारभुत आवश्यक पहिचान गर्दै उपमहानगर सु–व्यवस्थित बनाउन प्रतिबद्धता समेत जनाउनुभएको छ ।

संयुक्त चुनाव प्रचारप्रसार समिति घोराही-५ धर्नामा राखेको सभालाई सम्बोधन गर्दै गठबन्धनका मेयर पदका उम्मेद्वार हेमराज शर्माले जनता प्रत्यक्ष अनुभुत गर्ने गरी हरेक ग्रामिण क्षेत्रको विकासमा योजनाबद्ध नमूना काम गर्ने, ‘संघीयताले दिएको अधिकार गाउँ गाउँमा सिंहदरवार’ सार्थक बनाउने विश्वास व्यक्त गरे ।

त्यस्तै उपमेयर पदका उम्मेद्वार भुपबहादुर डाँगीले उपमहानगर विकासमा प्रतिगमनकारीहरुले विभेदकारी योजनका साथ गरेकाले त्यो विभेदकारी योजना हटाउदै समान विकासको अवधारणा र योजना लागु गर्ने विश्वास व्यक्त गरे ।

  • १५ बैशाख २०७९, बिहीबार २०:०० प्रकाशित
  • Nabintech