५ जेष्ठ २०८१, शनिबार
काेहलपुरकाे मेयरमा न्याैपाने र उपमेयरमा वलिकाे उम्मेदवारी दर्ता
  • काँचुली खबर

कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादि)काे संयुक्त गठबन्धनले मेयर, उपमेयर सहित १५ वटै वडाका पदाधिकारीकाे मनोनयन दर्ता गराएकाे छ । मनाेनयन दर्ता गर्ने  अन्नेतिम दिन साेमबार गठबन्धनले मेयरमा माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने र उपमेयरमा नेकपा समाजबादिबाट नारायणी वलीकाे मनोनयन दर्ता गरीएको काेहलपुर निर्वाचन कार्यालयका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए ।

गठबन्धनले काेहलपुरका १५ वटै वडाका अध्यक्ष तथा सदस्यहरूकाे समेत मनाेनयन दर्ता गराएकाे छ । जसअन्तर्गत वडा नम्बर १ मा बद्रि प्रसाद जैसी, २ मा अम्बर विक, ३ मा तारा केशर रिजाल, ४ मा ओपेन्द्र शाही, ५ मा कृष्ण थारु, ६ मा रामशरण थारु, ७ मा बुजिया थारु, ८ मा चन्द्र बुढा, ९ मा ओपेन्द्र नाथ योगी, १० मा कुशल बोहरा, ११ मा शुवास कार्की, १२ मा निरक शाही, १३ मा मिना कुमारी पुन, १४ मा दान बहादुर वली र १५ मा राधेश्याम थारुले अध्यक्ष पदमा मनाेनयन दर्दता गरेका छन ।

  • १३ बैशाख २०७९, मंगलवार ०९:३८ प्रकाशित
  • Nabintech