५ जेष्ठ २०८१, शनिबार
कोहलपुरमा माओवादी र समाजवादीबिच चुनावी तालमेल
  • काँचुली खबर

११ वैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच चुनावी तालमेल हुने भएको छ । आईतबार स्थानिय तहको निर्वाचनकालागि कोहलपुरमा माओवादी र समाजवादी पार्टीबिच चुनावी तालमेलको घोषणा गरिएको हो ।

चुनावी घोषणा अनुसार कोहलपुरको मेयर सहित १३ वटा वडामा माओवादी तथा उपमेयर सहित दुई वटा वडामा समाजवादीले उम्मेदवारी दिने भएको हो । त्यसैगरी माओवादीको तर्फबाट ४७ तथा समाजवादीको तर्फबाट १३ वडा सदस्यहरु चुनावी मैदानमा होमिने भएका छन ।

३० वैशाखको चुनावकालागि उम्मेदवार मनोनयनको एक दिन पहिले आईतबार नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष अवराज खड्का र एकिकृत समाजवादी कोहलपुर नगर समितिका अध्यक्ष नारायणी वलीले संयुक्त रुपमा चुनावी तालमेलको घोषणा गरेका हुन ।

  • ११ बैशाख २०७९, आईतवार २२:१९ प्रकाशित
  • Nabintech