१४ बैशाख २०८१, शुक्रबार
सु-शासन सम्बन्धी कार्यशाला सम्पन्न
  • काँचुली खबर

कोहलपुर नगरपालिकाको आयोजनामा सेवा प्रवाह र सु-शासन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । नगर प्रमुख लुट बहादुर रावतले कार्यशालाको उद्घाटन गदै सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरुलाई जनतालाई सेवा प्रवाह गर्दा कसरी काम गर्नु पर्छ, त्यस सम्बन्धी प्रशिक्षकहरुले सिकाएको कुरा राम्रो सँग सिक्न र आफ्नो कार्यक्षेत्रमा लागु गर्न सुझाव दिए ।
कोहलपुर नगरपालिकाका १५ वटै वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवा प्रवाह गर्दा जनता सँग गरिने व्यवहार तथा सेवा प्रवाह गर्दा अपनाउनु पर्ने प्रक्रियाहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको कोहलपुर नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले जानकारी गरए ।
सेवा प्रवाह र सु-शासन सम्बन्धी प्रशिक्षकद्वय आशा मल्ल र कोपिला पोख्रेलले संघीय संरचनामा राज्यका तीनवटै तहमा सु–शासन कायम गर्न अपनाउनु पर्ने विधि र प्रक्रियाहरुका बारेमा जानकारी गराएकी थिइन । प्रशिक्षक आशा मल्लले राज्यका तिन तह मध्ये स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिएको र जनता बिच तत्काल आवश्यक परेकै बेलामा प्रत्यक्ष भेट हुन सक्ने अवस्थामा रहेका कारण बढी महत्व रहेको बताईन । मल्लले जनतालाई सेवा प्रवाह गर्दा जनप्रतिनिधिले एकातिर जनता प्रतिको जवाफदेहिता बिर्सनु हुँदैन र काम गर्दा राज्यले निर्धारण गरेका नियम कानुनहरुलाई पनि बिर्सनु नहुने बताइन ।
नियम कानुनको बारेमा कर्मचारीले जनप्रतिनिधीहरुलाई सहजीकरण गर्नु पर्ने र जनप्रतिनिधीहरु ले कर्मचारीलाई सहज र छिटो सेवा प्रवाहमा सहजीकरण गर्नुपर्ने सुझव दिइन । त्यस्तै अर्को प्रशिक्षक कोपिला पोख्रेलले सु-शासन विना र दिगो विकास संभव नहुने बताइन । पोख्रेलले सुशासनका लागी जनप्रतिनिधी र कर्मचारीहरुमा राम्रो समन्वयन हुन आवश्यक भएको बताइन ।

  • २५ असार २०७५, सोमबार २२:४७ प्रकाशित
  • Nabintech