१४ बैशाख २०८१, शुक्रबार
मलामी बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
  • काँचुली खबर

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृतकको संख्या ८ पुगेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन ।

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुको तानसेनमा उपचार भइरहेको छ । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो ।

लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।

  • १८ पुष २०७८, आईतवार १३:३३ प्रकाशित
  • Nabintech