१९ बैशाख २०८१, बुधबार
नरैनापुरमा आगलागी, १२ घर जलेर नष्ट
  • पुष्पराज हमाल

२१ चैत्र, नरैनापुर । बाँकेको नरैनापुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट भएका छन । नरैनापुर गाउँपालिका वडा नं. ४ को कृष्णनगर बस्तीमा सोमबार दिउँसो आगलागी भएको हो ।

करिब डेढ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानियवासी, रेडक्रसकर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नरैनापुर गाउँपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिईएको थियो ।

प्रहरीका अनुसार आगलागीबाट १२ घर र ४ वटा बाख्रा जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन भने बाँकी छ । बाँकेको बिकट क्षेत्र मानिने नरैनापुरमा वर्षेनी आगलागी हुने गर्दछ ।

  • २१ चैत्र २०७८, सोमबार २०:०४ प्रकाशित
  • Nabintech