५ जेष्ठ २०८१, शनिबार
स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष पुग्नुपर्ने
  • काँचुली खबर

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो ।

जसमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१ वर्ष पुरा भएको र नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने व्यवस्था आयोगले राखेको छ । यस्तै स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, बेरुजु नरहेको हुनुपर्नेछ । यस्तै कैद सजाय, जरिवाना तिर्न वा बुझाउन बाँकी नरहेको, स्थानीय तहको कुनै ठेक्कापट्टामा संलग्न नरहेको हुनुपर्ने पनि आयोगको निर्देशिकामा उल्लेख छ ।

  • १६ चैत्र २०७८, बुधबार १७:२१ प्रकाशित
  • Nabintech