जिल्ला बन कार्यालयले निःशुल्क बिरुवा वितरण कार्य सुरु गरेको छ । बन कार्यालयमा रहेको नर्सरीबाट किसानहरुलाई निःशुल्क विरुवा विरण कार्य सुरु गरिएको जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए ।
सोमबारबाट सुरु गरिएको कार्यक्रम अन्तर्गत एक कठ्ठामा ५० बिरुवाका दरले एक किसानलाई १ हजारसम्म विरुवा निःशुल्क बितरण सुरु गरिएको हो । जसअन्तर्गत डेढ लाख बिरुवा बितरण गर्ने लक्ष्य रहेको अधिकृत पौडेले बताए ।
जिल्लामा बिरुवाहरु अत्यधिक माग भाएता पनि माग अनुसारको बिरुवा पु¥याउन नसकिएको पौडेल बताउँछन । जिल्ला बन कार्यालयका अलावा जिल्लाका सेक्टर बन र इलाका बन कार्यालयबाट पनि बिरुवा बितरण भईरहेको छ । तर त्यहाँबाट विरुवा लान चाहने किसानहरुले भने बढिमा २ सय वटा बिरुवा लान पाउने पौडेलले जानकारी दिए ।
जिल्ला बन कार्यालय बाँकेबाट मसला, सागवन, सिमल, बकाईनो, खयर, सिरिष, राजबृक्ष, ईपिलईपिल, जिलेबी, टाँकी अगायतका विरुवाहरु निःशुल्क बितरण गरिरहेको पौडेलले बताए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378


२५ असार २०७५, सोमबार १६:०७ प्रकाशित