८ बैशाख २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा ६ ओटा भालुको पित्त सहित दुइ जना पक्राउ
  • काँचुली खबर

दार्चुला जिल्लामा ६ ओटा भालुको पित्त सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सोमबार बिहान बिशेष सुराकीको आधारमा सादा पोसाकमा खटीएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगरबाट भालुको पित्त सहित ब्यास ६ का मान सिह धामीलाइ पक्राउ गरेको हो ।
बंगाबगर लास्कुखोलाबाट संकास्पद रुपमा खलंगा बजारतर्फ सेतो कपडाको झोला हातमा बोकेर हिडिरहेको अवस्थामा ब्यास गाउँपालिका ६ पन्तोली बस्ने धनसिह धामीका छोरा बर्ष ३६ का मान सिह धामीको झोला चेकजाचँ गर्दा झोलाभित्र खैरो रङको भालुको पित्त बाधेर राखेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी नबराज अधिकारीले जानकारी दिनुभयो । ६ ओटै पित्तको तौल गर्दा ८ सय ९६ ग्राम तौलको रहेको उहाँले बताउँनुभयो ।
पित्तसहित पक्राउ परेका धामीले पित्त धरचुलामा डेरागरी बस्ने डाडाफाइ ३ हुम्लाका २६ बर्षिय रेकस शाहीले मगाएको बताएपछि शाहीलाइ समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका दुबै जनालाइ ६ थान भालुको पित्त सहित आबश्यक कार्बाहिकोलागी जिल्ला बन कार्यालय दार्चुलाको जिम्मा लगाइएको डिएसपी अधिकारीले बताउँनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ असार २०७५, सोमबार १३:५३ प्रकाशित
  • Nabintech