७ बैशाख २०८१, शुक्रबार
जापानमा भारी वर्षा, बाढी र पहिरोमा करिब १०० को मृत्यु, ५० बढी वेपत्ता
  • काँचुली खबर

जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् ।

जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको प्रिफेक्चरमा भएको छ ।

सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । प्रधानमन्त्री सिन्जो आबेले भनेका छन्, ‘उद्धारकर्मीहरुले समयको सामना गरिरहेका छन् । धेरै व्यक्ति हराइरहेका छन् र धेरैलाई सहायता चाहिएको छ ।’

  • २५ असार २०७५, सोमबार १३:३१ प्रकाशित
  • Nabintech