१३ बैशाख २०८१, बिहीबार
सामुदायिक बन उपभोक्ता महासङ्घ प्युठानको अध्यक्षमा शर्मा निर्वाचित
  • काँचुली खबर

सामुदायिक बन उपभोक्ता महासङ्घ प्युठानको अध्यक्षमा दामोदर शर्मा निर्वाचित भएका छन । महासंघको चौथो अधिवेशनबाट शर्माको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा धुर्ब थापा, सचिवमा छमा श्रेष्ठ र कोषाध्यक्षमा नारायणी जि.सि.लाई चयन गरिएको छ ।
सामुदायिक बन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य डिलाराम पौडेलको प्रमुख आतिथ्यतामा प्युठानको खलंगामा सम्पन्न भएको अधिवेशनले आगामी योजनाहरु समेत पारीत गरेको प्युठानबाट राम प्रसाद पोख्रेलले जानकारी दिए ।

  • २४ असार २०७५, आईतवार २१:०६ प्रकाशित
  • Nabintech