७ बैशाख २०८१, शुक्रबार
माओवादीको संगठन सुदृढ तथा जनपरिचालन अभियान तीब्र
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ ।

उपमहानगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि माओवादी नेपालगन्जले विभिन्न ३ वटा टोली परिचालित गरेको सचिब प्रेमबहादुर शाहले जानकारी दिए । शाहका अनुसार पार्टीको उपमहानगर कमिटीका उपाध्यक्ष बसन्त मल्ल, तारा प्रसाद खत्री र गोपाल पुनको नेतृत्वमा तीनवटा टोली परिचालित गरिएको छ ।

अभियान अन्तर्गत शनिबार गोपाल पुनको नेतृत्वमा रहेको टोलीले नेपालगन्जको १८ नम्बर वडामा वडा पार्टीको विस्तारित बैठक बसेर वडामा अभियान शुरु गरिएको वडा अध्यक्ष परमेश्वर डिसीले जानकारी दिए ।

डिसीका अनुसार, बैठक पश्चात् आजै सिजा नेपालीको नेतृत्वमा ११ सदस्यीय बिशाल टोल कमिटी गठन गरिएको छ । कमिटीको सचिबमा लक्ष्मी डिसी, सदस्यहरूमा क्रमशः विजय थापा, रमेश श्रेष्ठ, रवी थापा, पूर्ण डिसी, राजन सिंह राठौर, प्रेम बुढाथोकी, नमा केसी, पबित्रा राना र नरमती गुरुङ चयन भएका छन ।

विस्तारित बैठकलाई नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गेहराज रिजाल (नबिन शर्मा), प्रदेश सल्लाहकार काली बहादुर धिताल, गणतान्त्रिक प्रगतिशिल कानून व्यवसायी एसोसिएसनका केन्द्रिय सदस्य तिर्थ ज्ञवाली, माओवादी जिल्ला समन्वय समिती सदस्य आदेश अग्रवाल, नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष रतनबहादुर शाही, उपाध्यक्ष गोपाल पुन, अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य प्रेमलाल सापकोटा, नेपाल उद्योग व्यापार संगठन बाँके अध्यक्ष तेज रेग्मी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका पुर्व जिल्ला अध्यक्ष खेमबहादुर केसी लगायतले सम्बोधन गरेका थिए ।

  • २१ फाल्गुन २०७८, शनिबार १४:०५ प्रकाशित
  • Nabintech