७ बैशाख २०८१, शुक्रबार
विपद जोखिम न्यूनिकरणकालागि कृतिम घटना अभ्यास
  • काँचुली खबर

जिल्लामै सबैभन्दा बढी बाढी आउने, आगलागी हुने तथा भुकम्प जस्ता विपदको अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाका बिभिन्न बिद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरुलाई विपद जोखिम न्यूनिकरण बारे सचेतनामुलक अभियान संचालन गरिएको छ ।
राप्तीसोनारी गाउँपालिकाका संभावित जोखिममा रहेका विभिन्न बिद्यालयका बालबालिकालाई आगलागी, भूकम्प र बाढी आएको बेला कसरी जोगिने र अरुलाई पनि जोगाउने भन्ने तालिम दिने उदेश्यका साथ कृतिम घटना अभ्यास गराएर उनिहरुलाई सचेत बनाउने कार्य भैरहेको छ ।
सो क्रममा राप्तीसोनारी ६ स्थित नेपाल राष्टिय आधारभूत बिद्यालय गुलरी र सुकमैया प्राथमिक बिद्यालय कमैयाडाँडामा अध्ययनरत बालबालिकालाई आगलागि र भूकम्पको कृतिक घट्ना अभ्यास गराएर सचेत पार्ने कार्य गरिएको छ ।


सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालन गरिएको बाढी प्रभावित बालबालिकाहरुका लागि शिक्षा पुनस्र्थापना कार्यक्रम अन्तर्गत कृतिम घट्ना अभइास गराएर सो सचेतना अभियान संचालन गरिएको हो ।
सो अभियानबाट बिद्यालयमा अध्ययनरत सयौं बालबालिका, उनका अभिभावक र शिक्षकहरु सचेत हुनुका साथै त्यस्तो समय आएमा कसरी जोगिने र जोगाउने भन्ने तरिका उनिहरुले सिकेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
उनले सो गाउँपालिकाका विद्यालयहरुमा बाढी, आगलागी र भूकम्प जस्ता विपदबाट सचेत रहने र जोखिम न्यूनिकरण गर्ने कार्य उक्त अभियानबाट भैरहेको बताए ।
यसैक्रममा राप्तीसोनारी-६, गुलरीस्थित नेपाल राष्टिय आधारभुत विद्यालयमा आगलागीका बारेमा कृतिम घटना अभ्यास गरिएको थियो । आगलागी मान्छेकै कमजोरीले लाग्ने, त्यसलाई रोक्न तथा कथमकदाचित आगो लागि हाले सो बाट बच्ने उपायका बारेमा नाटक गरेर देखाइएको थियो ।
विद्यालयमा आगलागी भयो भने कसरी बाँच्ने, आगो लाग्न नदिन के-के गर्ने, आगलागी हुँदा हुने नोक्सानीका बारेमा विद्यार्थी र स्थानीयवासीलाई राखेर कृतिम घटना अभ्यास गरिएको थियो ।
सोही प्रकारले राप्तीसोनारी-६, कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा भूकम्प आएमा कसरी जोगिने अनि कसरी बाहिर निस्कने तथा कोही घाइते भएमा कसरी उपचार गर्ने गराउने बारेमा कृतिम घट्ना अभ्यास गराईएको थियो । सो अवसरमा बालबालिकाले गरेको नाटकबाट त्यहाँ रहेका सयौं सर्वसाधारणले पनि सचेत हुने अवसर पाएको सो कार्यक्रमका कार्यक्रम संयोजक साजिद अली सिद्दिकीले बताए ।


दुबै विद्यालयमा संचालन गरिएको कृतिम घट्ना अभ्यासमा बालबालिका, अभिभावक र शिक्षक गरेर करिब ४ सय ५० बढीको सहभागिता रहेको थियो ।
विद्यालयमा पहिलो पटक गरिएको उक्त अभ्यासबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाएको र सो अभ्यास तथा कार्यक्रम निकै उपलब्धीमूलक रहेको राप्तीसोनारी–६, कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर पुनले बताए ।
यस्तो प्रकारको कृतिम अभ्यास आफ्नो विद्यालयमा पहिलो पटक गरिएको जनाउँदै यसले ठुलो सचेतना फैलाएको राप्तीसोनारी–६, गुलरीस्थित नेपाल राष्टिय आधारभुत विद्यालयका छात्रा समिता थारुले बताए ।
यस्तो कृतिम अभ्यास र सचेतनामूलक अभियानले विद्यार्थी र अभिभावकलाई विपदबाट जोगिन ठुलो सहयोग पुग्ने राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले बताए ।

  • २४ असार २०७५, आईतवार २०:२८ प्रकाशित
  • Nabintech