१६ चैत्र २०८०, शुक्रबार
द्वन्द्वको समय जागीर गुमाएका २३३ शिक्षकलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय
  • काँचुली खबर

सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफरिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ । यस्तै ४१ जनालाई निवृत्तिभरण र अन्य सुविधा दिने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार २०:५९ प्रकाशित
  • Nabintech