१४ बैशाख २०८१, शुक्रबार
प्रदेश प्रमुख परियारद्धारा भेरी बबई डाइभर्सनको निरिक्षण
  • काँचुली खबर

कर्णाली प्रदेश प्रमुख तिलक परियारले भेरी बबई डाइभर्सनको अवलोकन निरिक्षण गरेका छन । बिहिबार सुर्खेतको बबईस्थित डाइभर्सनको मुहानस्थल चिप्लेको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले परियोजना निर्माण प्रक्रियाको बारेमा जानकारी लिएका हुन ।

राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको उक्त परियोजनाको निरिक्षण गर्दै प्रदेश प्रमुख परियारले अहिलेसम्मको निर्माण प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन । परियोजनाको कार्यप्रगती सन्तोषजनक रहेको प्रति खुसी ब्यक्त गर्दै प्रदेश प्रमुख परियारले निर्धारित समयमै परियोजनाको काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।

त्यसक्रममा परियोजना प्रमुख हरिनारायण यादवले आयोजनाको अहिलेसम्मको प्रगति विवरणका बारेमा जानकारी दिएका थिए । निर्धारित समयमै काम सम्पन्न गर्ने गरी आफुहरु लागिपरेको बताउँदै यादवले दक्ष जनशक्तिले दिनरात काम गरीरहेको बताए ।

वि.सं. २०७१ सालमा निर्माण सम्झौता भई निर्माण सुरु गरीएको उक्त परियोजना वि.सं. २०८० सम्म सम्पन्न गर्ने उद्धेश्यले राखीएको छ ।

  • ५ फाल्गुन २०७८, बिहीबार १९:२८ प्रकाशित
  • Nabintech