१४ बैशाख २०८१, शुक्रबार
संचारकर्मीहरुको क्षमता अभिबृद्दि तालिम सम्पन्न
  • काँचुली खबर

कोहलपुरमा संचालन गरिएको ३ दिने क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ । रेडियोमा काम गर्दै आएका पत्रकारहरुलाई लक्षीत गर्दै शुक्रबारदेखि तालिम संचालन गरिएको थियो ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा संचालन गरिएको तालिमको आईतबार एक समारोहका बिच समापन गरिएको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले तालिमको समापन गर्दै पत्रकारीताको सिद्धान्तमै रहेर रिपोर्टीङ गर्न संचारकर्मीहरुलाई सुझाव दिएका थिए । उनले सानो–तिनो कमजोरीका कारण समेत धेरै ठुला दुर्घटनाहरु निम्तने खतरा बढिरहेको भन्दै सम्वेदनशिल भएर पत्रकारीताको धर्म निभाउन आग्रह गरे ।


तालिमका सहभागीहरुले तालिमबाट पत्रकारीताका नयाँ आयामहरुको बारेमा जानकारी पाएको भन्दै खुसी ब्यक्त गरेका थिए । पत्रकारीता सम्बन्धि धेरै कुरा जानेपनि ब्यवहारमा उतार्न नसकिरहेको अवस्थामा अभिमुखीकरण तालिमले धेरै समस्याहरुको सहज हलकालागि उपाय पहिल्याएको कोहलपुर एफ.एम. का कोषबहादुर खड्काले बताए । उनले संचारकर्मीहरुको क्षमतामा निखार ल्याउनकैलागि समेत यस्ता खालका तालिमहरु आवश्यक रहेको बताए ।
त्यस्तै अर्की सहभागी शिवा परियारले तालिमबाट आफुमा थप उत्साह पलाएको भन्दै खुसी ब्यक्ति गरीन । रहरै रहरमा पत्रकारीता क्षेत्रसँग जोडिएको बताउँदै परियारले ३ दिने क्षमता अभिबृद्धि तालिमबाट पत्रकारीताका सौद्धान्तीक पक्षहरुको बारेमा ज्ञान हासिल गरेको बताईन ।


तिन दिनसम्म संचालन गरिएको तालिमको अग्रज पत्रकारद्धय भिम रावत र पुजन विश्वकर्माले सहजीकरण गरेका थिए भने तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत विरतण गरिएको थियो । कोहलपुरमा संचालनमा रहेका ३ वटा रेडियोका साथै अन्य संचारमध्यममा कार्यरत २० जना बढि संचारकर्मीहरुले उक्त तालिममा सहभागीता जनाएका थिए । पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन महासंघका सदस्य संगिन शर्माले गरेका थिए ।

 

  • २४ असार २०७५, आईतवार १६:४१ प्रकाशित
  • Nabintech