१४ बैशाख २०८१, शुक्रबार
नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व बढ्यो
  • काँचुली खबर

नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको छ । वि.स. २०७८ सालको प्रारम्भिक जनगणनाको तथ्यांकले प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको हो ।

तथ्यांक विभागले यो वर्षको जनगणनाबाट नेपालको प्रतिवर्ग किलोमिटर जननघनत्व १९८ जना रहेको पाइएको जनाएको छ । यसअघि, वि.स. २०६८ सालको जनगणनाले नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८० जना थियो ।

यो एक दशकको अवधिमा नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८ जनाले बढेको छ । सबैभन्दा बढी जनघनत्व तराईमा र पहाडमा र हिमालमा सबैभन्दा कम रहेको पाइएको विभागले जानकारी दिएको छ । हिमाली जिल्लामा प्रतिवर्ग किलोमिटर ३ जना मात्रै जनघनत्व रहेको पाइएको छ ।

  • १२ माघ २०७८, बुधबार ११:४४ प्रकाशित
  • Nabintech