१६ चैत्र २०८०, शुक्रबार
जनगणनामा लिपुलेक, कालापानीको जनसंख्या पनि समेटियो
  • काँचुली खबर

नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ । यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ ।

गणक आफैं सो भेगमा पुग्न नसके पनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको उनले जानकारी दिए । वडास्तरमा भएको गणनाबाट यस भेगको जनसंख्या गणना भएको उनको भनाइ छ ।

  • १२ माघ २०७८, बुधबार ११:३० प्रकाशित
  • Nabintech