११ बैशाख २०८१, मंगलवार
मन्त्री अथकद्धारा श्रेष्ठलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’ को प्रमाण प्रत्र हस्तान्तरण
  • काँचुली खबर

विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी ‘वर्ल्ड बुक अफ रेकर्ड’मा किर्तिमान दर्ता गराउन सफल भएका हुन ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई ‘वर्ड बुक अफ रेकर्ड’को प्रमाण पत्र हस्तान्तरण गरेका छन । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरे ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।

  • ४ माघ २०७८, मंगलवार १२:४० प्रकाशित
  • Nabintech