१२ बैशाख २०८१, बुधबार
आईटी पढ्नेलाई बिशेष छात्रबृति दिइने
  • काँचुली खबर

कम्प्युटर एशोसियसन नेपाल महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामिणक्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पुर्याउन आवश्यक रहेको बताएका छन् । त्यसैका लागि प्रदान गर्ने प्राविधिक तर्फको छात्रबृतिमा ग्रामिणक्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीलाई बढि भन्दा बढि सहभागि गराइने उनले बताए ।

शनिवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष कुवँरले ग्रामिणक्षेत्रका विद्यार्थीलाई धेरै भन्दा धेरै लाभ होस् भन्ने उदेश्य सहित काम गरिरहेको बताए ।
लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका अध्यक्ष पंकज जलानले बिश्वकै उत्कृष्ट सूचना प्रविधि कलेजमा पढ्न पाउने सपना पुरा गर्न लागिएको बताए । उनले सूचना प्रविधिमा देशलाई सम्पन्न बनाउन छात्रबृतिले महत्वपूर्ण भुमिका खेल्ने पनि जनाए । ‘ग्रामिणक्षेत्रमा सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पु¥याउन हाम्रो अभियानले टेवा पु¥याउने छ ।’ अध्यक्ष जलानले भने ।
क्यान महासंघ प्रदेश ५ का अध्यक्ष सुदिप शर्माले प्रदेशमा बिभिन्न छनौट समितिको संयोजनमा पारदर्शी तरिकाले छात्रबृति छनौट हुने बताए । फिमेल मेरिट आईसीटी छात्रबृतिबाट चार जना, आईसीटी मेरिट छात्रबृतिबाट तीनजना गरी प्रत्येक प्रदेशबाट ७ जनालाई छात्रबृति दिइने छ । सातैवटै प्रदेशबाट जम्मा ४९ जना विद्यार्थीले एक करोड ८३ लाख पांच सय रुपैयाको छात्रबृति पाउने छन् । सोही बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्यान महासंघका केन्द्रीय सदस्य ईश्वर पोख्रेल, पूर्व केन्द्ीय उपाध्यक्ष सञ्जय थापा, नेपाल पत्रकार महासंघका प्रदेश महासचिव भेषराज बस्नेत, क्यान महासंघका प्रदेश अध्यक्ष सुदिप शर्मा, जिल्ला अध्यक्ष भोजराज तिमिल्सेना लगायतले बोलेका थिए ।

  • २३ असार २०७५, शनिबार १४:०५ प्रकाशित
  • Nabintech